सिटामोलको जथाभावी प्रयोग : मात्रा नमिल्दा ज्यानै जाने जोखिम | Khabarhub Khabarhub

सिटामोलको जथाभावी प्रयोग : मात्रा नमिल्दा ज्यानै जाने जोखिम


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय सानोतिनो समस्या हुँदा कतिपयले आफूखुसी औषधि सेवन गरिरहेका हुन्छन् । यसमा पनि धेरैले पारासिटामोलको प्रयोग जथाभावी रुपमा गरेको पाइन्छ । अझ एउटा चक्कीले निको नभएपछि डब्ल्याउने मात्र होइन, घण्टा-घण्टामा उपभोग गर्ने गरेको देखिन्छ । अझ औषधि बिक्रेताले समेत यसलाई चकलेट बेचेजस्तो बेच्ने प्रचलनले पनि यसको उपयोगिता सहज बनेको देखिन्छ ।  

बजारमा सजिलै उपलब्ध र यसको खासै कुनै तुरुन्त साइड इफेक्ट नहुने भन्ने ठानेर पनि मानिसहरु सिटामोललाई रोग निको पार्ने सजिलो उपायका रुपमा प्रयोग गर्छन् ।

फार्मेसीहरुले पनि चेकजाँच नगरी सजिलै सिटामोल दिएर पठाउने गर्दछन् । तर कम समयका लागि प्रयोग गरिने औषधिको निरन्तर सेवनले गम्भीर समस्या निम्त्याउँछ । यसको अत्यधिक प्रयोगले मिर्गौला, कलेजो लगायत शरीरका विभिन्न अंगमा गम्भीर असर पुग्ने चिकित्सकहरू बताउँछन् । 

मात्रा नमिल्दाको ननिको

सिटामोल खाँदा उमेर अनुसार मात्रा मिलाउनुपर्ने हुन्छ । थोरै मात्रामा खायो भने यसको असर नै केही हुँदैन । बढी खायो भने कलेजोलाई असर गर्ने कहिलेकाहीँ त ज्यानै जाने खतरा समेत हुनसक्ने जिल्ला अस्पताल डोल्पाका मेडिकल अधिकृत डाक्टर अखण्ड उपाध्याय बताउँछन् ।

उनका अनुसार दैनिक तीन ग्राम बढी प्यारासिटामोलको प्रयोग स्वास्थ्यका लागि घातक हुन सक्छ । त्यसैले, चिकित्सकहरूसँग सल्लाह लिएर आफ्नो तौल अनुसार मात्रै प्यारासिटामोल प्रयोग गर्नुपर्ने उनी बताउँछन् । 

चिकित्सकको सल्लाह विना गर्भवती महिलाले प्यारासिटामोलको सेवन गरेमा यसले गर्भमा रहेको शिशुको शारीरिक विकासमा अवरोध हुने गर्दछ । दुखाई कम गर्न प्रयोग गरिने प्यारासिटामोलको प्रयोग लामो समयसम्म गरेमा यसले मिर्गौलालाई क्षति पुर्‍याउन सक्छ ।

लामो समयसम्म सिटामोलको प्रयोगले पेटमा वायुको समस्या निम्तिन सक्छ । त्यस्तै, अपच वा पेट भारी भएको महसुस हुन सक्छ । त्यस्तै, केही व्यक्तिमा सिटामोलको अत्याधिक सेवनले छाला रातो हुने, छाला चिलाउने, पोल्ने लगायत समस्या हुनसक्ने चिकित्सकहरूको भनाई छ । 

उमेरअनुसार मात्रा
मापदण्ड अनुसार ३२५ देखि ६५० मिलीग्रामसम्मको सिटामोलको डोज ४ देखि ६ घण्टाको अवधिमा दिन सकिन्छ । निर्देशिका अनुसार ५०० मिलीग्राम प्यारासिटामोल ज्वरो आएको ६ घण्टापछि मात्र खानुपर्छ ।

साना बालबालिकालाई प्यारासिटामोल खुवाउँदा निकै सावधानी अपनाउनुपर्छ । यदि बच्चालाई ज्वरो आएको छ र एक महिना कम उमेरको छ भने प्रतिकेजी वजनको १० देखि १५ मिलिग्राम पारासिटामोल ४ देखि ६  घण्टाको अन्तरालमा दिइन्छ । १२ वर्षसम्मका बच्चालाई ६ देखि ८ घण्टाको अन्तरालमा सोही मात्रा दिनुपर्छ ।

५०० एमजीको सिटामोल ४–५ घण्टाको अन्तरमा सामान्य दुखाइ र ज्वरो आउने बिरामीले खान सक्छन्, तर औषधि खाँदा केही खाएर मात्र खाएको राम्रो हुन्छ । खालीपेटमा खाँदा ग्यास्ट्रिक हुन सक्ने सम्भावना बढी हुने डाक्टर उपाध्याय बताउँछन् ।

कस्तो अवस्थामा खाने ?
यो औषधि घरमै राखेर खान मिल्ने औषधि प्यारासिटामोल नै हो । तर एकोहोरो वा जथाभावी सिटामोल खान नहुने चिकित्सकहरू बताउँछन् । 

यदि दैनिक रुपमा सिटामोल खान परेमा चिकित्सकको सल्लाह लिनैपर्ने डा. उपाध्यायले बताए । यदि लगातार सिटामोल खाएमा त्यसले कलेजोमा हानी गर्ने बताइन्छ ।

सामान्यतः मान्छेले ज्वरो आएमा सिटामोल खाने गर्छन् । कहिलेकाहीं हल्का ज्वरो आउँदा सिटामोल खान हुन्छ । तर लगातार तीन दिनसम्म ज्वरो आएमा वा जीउ दुखिरहेमा नियमित स्वास्थ्य परीक्षण नै गराउनुपर्ने हुन्छ । यस्तो अवस्थामा नियमित सिटामोल नखान उनको सल्लाह छ ।

कुनै पनि औषधि आफूखुसी खान बर्जित
सिटामोल मात्रै नभएर यस्ता थुप्रै औषधिहरू छन् , जो औषधि पसलमा गएपछि सजिलै किन्न पाइन्छ । अर्थात् यस्तो औषधिका लागि चिकित्सकको सल्लाह लिइँदैन । 

जस्तो, झाडापखाला लागेको बेला मान्छेले मेट्रोन किनेर खान्छन्, रुघाखोकी लागेमा कफ सिरफ किनेर खाइदिन्छन् । तर यसरी खाँदा कति मात्रामा कसरी खाने भन्ने जानकारी हुँदैन । अझ ग्रामीण भेगहरूमा त दिनहुँ यस्ता केशहरु आउने गरेका डाक्टर उपाध्याय बताउँछन् । यस्ता घटना बच्चाहरुमा बढी हुने गरेको उनले बताए ।

बच्चा बिरामी हुँदा सामान्य मेडिकलबाट औषधी ल्याएर खुवाउने र पछि त्यही औषधीले रियाक्सन गर्ने समस्या बढ्दो रहेको चिकित्सकको भनाइ छ । यो अवस्थामा स्वास्थ्यमा झन धेरै समस्या आउने र त्यसपछि मात्र स्वास्थ्यचौकी या अस्पताल ल्याउने गरिएको उपाध्याय बताउँछन् । 

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  ३ : २० बजे

यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान

काठमाडौं– यस वर्षको चाडपर्वमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई लागू गर्न निर्देशन

काठमाडौं–  निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले चाडपर्व लक्षित विशेष सुरक्षा

सङ्घीयता कार्यान्वयनपछि स्वास्थ्य र शिक्षामा मुलुक आत्मनिर्भर : देउवा

वीरगञ्ज– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीयता कार्यान्वयनपछि

जनप्रगतिशील मञ्च अष्ट्रेलियाको सहयोगमा छात्रवृत्ति वितरण

झापा- नेकपा माओवादी केन्द्रनिकट जनप्रगतिशील मञ्च अस्ट्रेलियाले विपन्न परिवारका छात्रछात्रालाई