मलेसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ  | Khabarhub Khabarhub

मलेसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ 


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको मलंगवा घर भई  काठमाडौं शान्तीनगर बस्ने २७ वर्षीय बलराम कुमार महतो रहेका छन् ।

महतोले जीवछ कुमार शाह समेत २ जनालाई वैदेशिक रोजगारीको लागि मलेसिया पटाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्छ र मलेसिया पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु जहाँ मासिक  १ लाख रुपैयाँ तलब हुन्छ भनी प्रलोभनमा पारी ४ लाख ९४ हजार ५ सय रुपैयाँ लिई ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार सिनामंगलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  ६ : २४ बजे

हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मोहम्मद अफताब आलमको उपचारका क्रममा मृत्यु

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको मृत्युु भएको छ कात्तिक

आज २०८२ साल कात्तिक २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २२ गते शनिबार। मंसिर

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा