मलेसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ  « Khabarhub

मलेसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ 


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको मलंगवा घर भई  काठमाडौं शान्तीनगर बस्ने २७ वर्षीय बलराम कुमार महतो रहेका छन् ।

महतोले जीवछ कुमार शाह समेत २ जनालाई वैदेशिक रोजगारीको लागि मलेसिया पटाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्छ र मलेसिया पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु जहाँ मासिक  १ लाख रुपैयाँ तलब हुन्छ भनी प्रलोभनमा पारी ४ लाख ९४ हजार ५ सय रुपैयाँ लिई ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार सिनामंगलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  ६ : २४ बजे

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क