विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

आज पुस १९ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जनवरी ४, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

चक्कू प्रहारबाट घाइते दक्षिण कोरियाली नेता लीको स्वास्थ्यमा सुधार
घाँटीमा धारिलो हतियार प्रहार हुँदा घाइते बनेका दक्षिण कोरियाली विपक्षी दलका नेता ली जे–म्युङको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको सियोल नेसनल युनिभर्सिटी अस्पतालका चिकित्सकले बताएका छन् ।

लीलाई दक्षिणी बन्दरगाह शहर बुसानमा मङ्गलबार पत्रकारहरूसँगको कुराकानीपछि गाडीतर्फ जाने क्रममा समर्थकको रूपमा आएका एक व्यक्तिले धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएका थिए । उनको घाँटीको बायाँ भागमा चक्कुको चोट लागेको थियो ।

टाउकोबाट शरीरमा रगत जाने नसामा चोट लागेका लीलाई तत्काल स्थानीय अस्पतालमा लगिएको थियो । उपचार त्यहाँ सम्भव नभएपछि नेता लीलाई पछि राजधानी सियोल लगी करिब दुई घण्टा लामो शल्यक्रिया गरिएको थियो ।

शल्यक्रिया गर्ने चिकित्सक मिन सेउङ–कीका अनुसार लीको ‘भाग्यवश स्वास्थ्यमा सुधार आएको छ ।’ लीको मांसपेशीमा १।४ सेन्टिमिटर छेडिएको घाउ देखिएको र घाँटीमा रगत जमेको भएपनि शल्यक्रियापछि उनको स्वास्थ्यमा सुधार देखिएको हो ।

चक्कूले ‘भित्री नशा ९जुगुलर भेन० करिब ६० प्रतिशत भाग काटेको’ सर्जन चिकित्सकले बताएका छन् ।

म्यानमारमा नौ हजार भन्दा बढी कैदीलाई माफी
म्यानमाको राज्य प्रशासन परिषद्ले देशको स्वतन्त्रता दिवसको ७६ औँ वर्षगाँठको उपलक्ष्यमा बिहीबार नौ हजारभन्दा बढी कैदीको जेल सजायँ माफी गरेको छ ।

म्यान्माका नौ हजार ६५२ र अन्य मुलुकका ११४ जना कैदीलाई मानवीय तथा शान्तिको अधिकार प्रत्याभूत गर्न बनेको म्यान्माको कानूनको प्रावधान बमोजिम सजाय मिनाहा गरिएको आदेशमा उल्लेख छ ।

गत वर्ष देशको स्वतन्त्रता दिवसको ७५ औँ वर्षगाँठमा सात हजार १२ कैदीलाई आममाफी दिइएको थियो । सन् २०२३ अगस्ट १ मा म्यान्माको दोस्रो वासो चन्द्र महिनाको पूर्णिमाका दिन पर्ने बौद्ध धर्मावलम्बीको महत्वपूर्ण पर्व धम्मकाक्का दिवसको उपलक्ष्यमा सात हजारभन्दा बढी कैदीबन्दीलाई आममाफी दिएको थियो ।

म्यान्माको निर्वाचित सरकारलाई अपदस्थ गरी सन् २०२१ को फेब्रुअरीमा १ सैनिक शासन सुरू भएको थियो । सन् २०२१ को सैन्य विद्रोह र त्यसपछिको ‘कू’ विरोधी प्रदर्शनमा भएको हिंसात्मक दमनको प्रतिक्रियामा ‘स्प्रिङ रिभोलुसन’ र ‘पिपुल्स डिफेन्सिभ वार’ को नाममा म्यान्मामा प्रजातन्त्र पुनः बहालीका लागि आन्दोलन चलिरहेको छ ।

देशका अधिकांश भू–भागलाई सेनाको नियन्त्रणमा राखेको, सैनिक सरकारले म्यान्माकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलगायतका सयौँ नेता तथा हजारौँ कार्यकर्ताविद्ध भ्रष्टाचार र राज्यविरोधी गतिविधि गरेको अभियोगमा सुरक्षा नियन्त्रण, हिरासत वा जेलमा राखिएको छ ।

जापान भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ७८ पुग्यो, ५१ बेपत्ता
जापानमा सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पका कारण ७८ जनाको मृत्यु हुनुका साथै ५१ जना अझै बेपत्ता भएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

जापानका प्रधानमन्त्री फुमियो किशिदाले विपद्को पहिलो ७२ घण्टाभित्र जीवन बचाउन उच्च प्रयास गर्दै जीवन सुरक्षाका लागि आपूर्तिलाई अधिकतम बनाउन आग्रह गरेका छन् ।

जापानको विपद् व्यवस्थापन मुख्यालयको बैठकमा बोल्दै उनले नागरिकको जीवन रक्षाका लागि उपलब्ध सबै स्रोत परिचालन गर्न अधिकारीहरूलाई निर्देशन दिएका हुन् ।

भूकम्पपछिको पहिलो ७२ घण्टा उद्धारका लागि विशेष महत्वपूर्ण रहने तथा त्यस पछि बाँच्ने सम्भावना निकै कम हुने विज्ञहरू बताउँछन् । प्रभावित तटीय सहर वाजिमामा धेरै मानिस अझै पनि भग्नावशेषमा फसेको विश्वास गरिएको छ । वाजिमामा हालसम्म ४४ जनाको मृत्यु भएको पुष्टि भएको जापानको समाचार संस्था क्योदोले जनाएको छ ।

रिपोर्टअनुसार वाजिमाको तटमा विपद् सफाइ कार्यको लागि एउटा जहाज खटाइएको छ । भग्नावशेष र अवरूद्ध सडकहरूका कारण खोजी तथा उद्धार कार्यमा चुनौती थपिएको छ । शक्तिशाली भूकम्पको तीन दिनपछि इशिकावा र वरपरका क्षेत्रमा सुनामीको चेतावनी दिइएको थियो ।

भूकम्पपछि सुनामीले इशिकावाको सय हेक्टर क्षेत्र डुबानमा परेको र बाढीको प्रभाव अझ ठूलो हुने भूमि मन्त्रालयले जनाएको छ ।

इशिकावाको नोटो क्षेत्रमा गत सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पलाई जापान मौसम विज्ञानसम्बन्धी निकायले आधिकारिक रूपमा नोटो प्रायद्वीप भूकम्प २०२४ नाम दिएको छ ।

इरान विष्फोटमा मारिनेको संख्या ९५ पुग्यो
इरानको केरमान सहरमा भएका दुई शक्तिशाली विस्फोटमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको छ । घटनामा १ सय ७० भन्दा बढी घाइते भएका छन् ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार इरानका पूर्व जनरल कासिम सुलेमानीको हत्याको चौथो वर्षगाँठको अवसरमा आयोजना भइरहेको कार्यक्रममा सो विष्फोट भएको थियो ।

इरानका डेपुटी गभर्नरले यो घटनालाई आतंकवादी हमला भनेका छन् । सन् २०२० मा अमेरिकाले जनरल कासिम सुलेमानीलाई ड्रोन आक्रमणमा मारेको थियो । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीपछि सुलेमानी देशका सबैभन्दा शक्तिशाली व्यक्तिमा थिए ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा सडकमा धेरै शव देखिएका छन् । इरानी सरकारी मिडियामा पोस्ट गरिएको भिडियोमा विष्फोटपछि ठूलो भीड क्षेत्रबाट भागेको देखाइएको छ। यस्तो अवस्थामा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । इरानको राष्ट्रिय आपतकालीन सेवा संगठनका प्रवक्ता बाबक येक्ता परस्तले विस्फोटमा मारिनेको संख्या अझै बढ्न सक्ने बताए ।

पूर्व जनरल सुलेमानी ३ जनवरी २०२० मा बगदाद एयरपोर्टमा अमेरिकी ड्रोन आक्रमणमा मारिएका थिए। जसको निधन भएको चार वर्ष पूरा भएको छ । यसै अवसरमा उनको सम्मानमा एक कार्यक्रमको आयोजना गरिएको थियो, सोही कार्यक्रममा यी विस्फोटहरू भएका हुन् ।

पाकिस्तानका पूर्व विदेशमन्त्रीको निधनप्रति चीनद्वारा शोक व्यक्त
पाकिस्तानका पूर्व विदेशमन्त्रीको निधनप्रति चीनले शोक व्यक्त गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बिहीबार पाकिस्तानका पूर्व विदेशमन्त्री सरताज अजिजको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै चीन(पाकिस्तान सम्बन्धमा उनको उल्लेखनीय योगदानको प्रशंसा गरेका छन् ।

पूर्व अर्थमन्त्री र प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार समेत रहनु भएका अजिजको मङ्गलबार इस्लामावादमा निधन भएको थियो।

प्रवक्ता वाङले अजिजले पाकिस्तानको समृद्धिप्रति समर्पित रहेको, चीन(पाकिस्तान सम्बन्धलाई प्रवर्द्धन गर्न कडा मिहिनेत र जोशका साथ काम गरेको र चीनको लागि उत्कृष्ट योगदान दिएको बताएका छन्।

पाकिस्तान मैत्री सहयोग, विशेष गरी चीन(पाकिस्तान आर्थिक करिडोरको सुरुवात र निर्माणका निम्ति पनि उनको उल्लेख्य योगदान रहेको छ ।

नवनिर्मित राममन्दिर पाँच मण्डपसहित १६१ फिट अग्लो हुने
अयोध्यामा निर्माणाधीन राम मन्दिरको स्वरूप परम्परागत नगरा शैलीमा रहेको र मन्दिरको लम्बाइ ३८० फिट, चौडाइ २५० फिट र उचाइ १६१ फिट रहेको श्री राम जन्मभूमि तीर्थ क्षेत्र कोषले जनाएको छ ।

मन्दिरहरूमा शिखर शैलीका अग्लो पिरामिड आकारका टावरहरू रहनेछन् भने शिखरमा कलशसहित मन्दिरका स्तम्भ तथा पर्खालहरू मूर्तिकलाले सजिएका छन् ।

तीन तले मन्दिरमा तीन सय ९२ स्तम्भ तथा ४४ ढोका बनाइएको छ । मन्दिरको सबैभन्दा विशेष स्थान भगवान् श्रीरामको प्रतिमूर्ति राखिने गर्भगृहमा उनको बाल्यकालको स्वरूप र पहिलो तल्लामा श्रीराम दरबार रहनेछ ।

मन्दिरमा नृत्यमण्डप, रङ्गमण्डप, सभा मण्डप, प्रार्थना र कीर्तन मण्डप गरी पाँच मण्डप बनाइएको छ । मन्दिरका स्तम्भ तथा पर्खाल देवी देवताहरूको मूर्ति सजिएका छन् । सिंहद्वार हुँदै ३२ वटा सिँढी चढेर पूर्वबाट मन्दिर प्रवेश गर्न सकिन्छ । असहजताको सुविधाका लागि लिफ्ट लगायतको व्यवस्था गरिएको छ ।

सात सय ३२ मिटर लम्बाइ तथा १४ फिट चौडाइ भएको आयातकार पर्खालले मन्दिरलाई घेरेको छ । मन्दिर परिसरको चार कुनामा सूर्यदेव, देवी भगवती, गणेश मन्दिर बनाइएको छ । उत्तरमा माता अन्नपूर्णको मन्दिर र दक्षिणमा हनुमानजीको मन्दिर रहनेछ ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  ८ : ०१ बजे

टर्कीको एयरोस्पेस कम्पनिमा हमला, चार जनाको मृत्यु

काठमाडौं । टर्कीको एयरोस्पेस र डिफेन्स कम्पनी टुसासमा आक्रमण भएको

भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं – रुसको कजानमा भएको ब्रिक्स शिखर सम्मेलनपछि प्रधानमन्त्री नरेन्द्र

प्रदेश सरकारले पुनः निर्माण कोषमा ४० करोड जम्मा गर्ने

विराटनगर – कोशी प्रदेश सरकारले पुनःनिर्माण कोषमा रु ४० करोड

भारतलाई हराउँदै बंगलादेश साफ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं – बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

विश्वकप छनोटका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसीसी यु–१९ महिला