सरकारका गलत कामबारे कार्यकर्तालाई प्रशिक्षण दिँदै कांग्रेस « Khabarhub

सरकारका गलत कामबारे कार्यकर्तालाई प्रशिक्षण दिँदै कांग्रेस


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली कांग्रेसले चितवनले प्रत्येक स्थानीय तहमा आफ्ना नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिन थालेको छ ।

गत निर्वाचनमा जिल्लाका अधिकांश स्थानीय तह, प्रदेश र सङ्घमा पराजय भोगेको यहाँको कांग्रेसले नेता कार्यकर्तालाई प्रशिक्षण दिन थालेको हो ।

हरेक वडा समितिका नेतृत्व तहलाई प्रशिक्षक झिकाएर बन्दकोठामा प्रशिक्षण शुरु गरेको हो । नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले गत महीनाबाट अभियान शुरु गरिएको जानकारी दिए । गत माघ १२ गते माडीमा पार्टीका केन्द्रिय सदस्य गगनकुमार थापाको उपस्थितिमा प्रशिक्षण गराइएको थियो ।

सभापति श्रेष्ठका अनुसार माघ १६ गते खैरहनी नगरपालिकामा पार्टीका नेता धनराज गुरुङ र जीवन परियारले प्रशिक्षण दिएका थिए । त्यसै गरी माघ १९ गते राप्ती नगरपालिकामा पूर्वमन्त्रीसमेत रहेका कांग्रेस नेता महेश आचार्य र बद्री पाण्डेले प्रशिक्षण दिएका थिए ।

कांग्रेस भरतपुर नगरसमितिले यही फागुन ७ गते पुरुषोत्तम दाहाल र जीवन परियार बोलाएर प्रशिक्षण दिन लागेको समितिका सभापति भरत अधिकारीले बताए । यसै गरी रत्ननगर नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा पनि प्रशिक्षण गर्ने तयारी भइरहेको कांग्रेसले जनाएको छ ।

सभापति श्रेष्ठले पार्टीको हालै मात्र सम्पन्न महासमिति बैठकले गरेका निर्णयका बारेमा स्थानीय तहका नेताहरुलाई जानकारी गराउन, सरकारका गलत गतिविधिका बारेमा प्रशिक्षित गराउन, कांग्रेसको सिद्धान्त व्यवहारमा उतार्न र आउँदो निर्वाचनमा सबै तहमा जीत सुनिश्चित गर्न जिल्ला व्यापी रुपमा प्रशिक्षण थालिएको हो ।

प्रशिक्षणमा हरेक वडाबाट कम्तिमा ४० प्रतिशत महिलासहित १० जना स्थानीय नेतालाई प्रशिक्षणमा राखिएको छ । गत निर्वाचनमा सङ्घ र प्रदेशका सबै निर्वाचनमा कांग्रेसले हार बेहोरेको थियो भने स्थानीय तहमा गाउँपालिका बाहेक अन्यत्र कांग्रेसको नेतृत्व शून्य भएको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  १२ : ५९ बजे

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

किमाथांका– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक

इस्लामावादमा अमेरिका-पाकिस्तान-इरानबीच प्रत्यक्ष वार्ता सुरु

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका, इरान र पाकिस्तानबीच उच्चस्तरीय त्रिपक्षीय

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

घोराही– दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल