प्रधानमन्त्री कप क्रिकेट छनोट : अछामको सान्त्वना जित | Khabarhub Khabarhub

प्रधानमन्त्री कप क्रिकेट छनोट : अछामको सान्त्वना जित


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत इलाइट च्याम्पियनसिपमा अछामले सान्त्वना जित निकालेको छ । सान्त्वना जित निकाल्ने क्रममा अछामले आज खेलेको अन्तिम खेलमा बझाङलाई ५१ रनले हरायो ।

जितका लागि पाएको एक सय ४० रनको लक्ष्य पछ्याएको बझाङ २५ दशमलव दुई ओभरमा ८८ रनमा समेटियो । बझाङका सनम बुढाथोकीले २१, सुशील रावल र अशोक धामीले समान १५–१५ रन बनाउनुबाहेक अन्यले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । अछामका रोहित खड्काले चार र युवराज खत्रीले तीन विकेट लिए । यसअघि फाप्ला मैदानमा आज बिहान ९ बजेदेखि सुरू हुने भनिएको ५० ओभरको खेल बाक्लो हुस्सु लागेकाले निर्धारित समयभन्दा ढिला सुरु हुँदा ३५ ओभरमा झारिएको थियो ।

टस जितेर पहिला ब्याटिङ गरेको अछाम २८ दशमलव चार ओभरमा एक सय ३९ रनमा अलआउट भयो । कप्तान राजु रिजालले सर्वाधिक ४९ रनको योगदान गरे । बझाङका भरत चन्द, सुशील रावल र प्रकाश रोकायाले दुई–दुई विकेट लिए । अछामका रोहित खड्का म्यान अफ द म्याच चुनिएका स्कोरर नरेन्द्रराज भट्टले जानकारी दिए ।

यो जितसँगै अछाम एलाइट च्याम्पियनसिपमै सुरक्षित रहेको छ । प्रतियोगिताका सबै खेल हारेको बझाङले भने पुनः प्लेट च्याम्पियनसिप तथा क्वालिफायर खेल्नु पर्नेछ । प्रतियोगिताअन्तर्गत शनिवार बैतडी र कञ्चनपुरले प्रतिस्पर्धा गर्नेछन् । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा यही पुस १४ गतेदेखि सुरू भएको प्रतियोगिता पुस २४ गते सम्पन्न हुनेछ ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ७ : ०३ बजे

आज २०८१ साल भदौ २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार तदनुसार

कैलालीका थारू बस्तीमा अटवारी पर्वको चहलपहल

कैलाली – कैलालीका थारू समुदाय बाहुल्य गाउँ तथा बस्तीमा अटवारी

सन् २०२९ सम्म भारतीय डिजिटल कारोबारको बजार तीन गुणा वृद्धि हुने

काठमाडौं – आर्थिक वर्ष सन् २०२३–२४ मा भारतीय डिजिटल भुक्तानीको

गाजामा कुपोषणका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

गाजा – गाजापट्टीको दक्षिणी क्षेत्र खान युनिसमा शनिबार दिउँसो एक

बागलुङ कालिकामा चलचित्र ‘वसन्त’को शुभमूर्हत

गण्डकी – गलबन्दी प्रडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र ‘वसन्त’को शनिबार