अतिवादीविरुद्ध क्यानाडाले कदम चालोस् : भारत | Khabarhub Khabarhub

अतिवादीविरुद्ध क्यानाडाले कदम चालोस् : भारत


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- अतिवादीविरुद्ध क्यानाडाले कदम चालोस् भन्ने आफूहरुको चाहना रहेको भारतले जनाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले क्यानाडामा रही त्यहाँको वाक् स्वतन्त्रताको दुरुपयोग गर्ने अतिवादीविरुद्ध त्यहाँको सरकारले कदम चाल्नुपर्ने बताएका हुन् ।

उनले लामो समयदेखि क्यानाडामा अतिवादी, आतंकवादी र भारत विरोधी तत्वहरुले ठाउँ पाइरहेको भन्दै भारतका लागि त्यो नै मुख्य विषय भएको बताए । भारत आफ्नो अडानमा दृढ रहेको प्रवक्ता बागचीले उल्लेख गरेका छन् ।

पछिल्लो समय क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले खलिस्तानी आतंककारी हरदीपसिंह निज्जरको हत्यामा भारतको संलग्नता रहेको बताएयता भारत र क्यानाडाबीचको सम्बन्ध चिसिएको छ । भारतले प्रधानमन्त्री ट्रुडोको आरोप खण्डन गर्दै आएको छ ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ४ : ४६ बजे

पहिलो पटक मोटरेबल पुलसम्बन्धी प्रदर्शनी मेला हुने

काठमाडौं– नेपालमा पहिलो पटक मोटरेबल पक्की पुलसम्बन्धी प्रदर्शनी मेला आयोजना

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– केही दिनदेखि उच्च वृद्धि सुनचाँदीको मूल्यमा बिहीबारदेखि सामान्य गिरावट

काठमाडौं महानगर- २९ मा तीन सेवा केन्द्र सञ्चालन

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको वडा नं. २९ ले बिहीबार ३ वटा

बस्ती जोगाउन जैविक तटबन्ध निर्माण

कञ्चनपुर– खेलमैदान, कभर्ड हल र बस्ती जोगाउनका लागि शुक्लाफाँटा नगरपालिका–१०

दैलेखमा ग्यास फेला परेकामा प्रधानमन्त्री खुसी

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा भूमिगत ग्यासको स्रोत फेला