चीनले आर्थिक मनोमानी गर्‍यो : ताइवान « Khabarhub

चीनले आर्थिक मनोमानी गर्‍यो : ताइवान


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

ताइपेई- ताइवानले चीनमाथि आर्थिक रुपमा मनोमानी गरेको आरोप लगाएको छ । चीनले ताइवानबाट आयात हुने केही रासायनिक पदार्थको भन्सार महशुल बढाएपछि ताइवानले चीनमाथि आर्थिक मनोमानी गरेको आरोप लगाएको हो ।

ताइवानले व्यापार सम्झौता उल्लङ्घन गरेको भन्दै चीनले केही रासायनिक पदार्थको भन्सार महशुल बढाएको हो । चीनको अर्थ मन्त्रालयले जनवरी १ देखि लागू हुनेगरी ताइवानबाट आयात हुने १२ वटा वस्तुहरुमा यसअघि दिँदै आएको भन्सार छुट स्थगित गर्ने घोषणा गरेको थियो ।

ताइवानमा हुन लागेको राष्ट्रपतीय निर्वाचनलाई लक्षित गर्दै चीनले यस्तो कदम चालेको हुनसक्ने विश्लेषण गरिएको छ । ताइवानमा आगामी जनवरी १३ मा राष्ट्रपतीय निर्वाचन हुँदैछ । चीनले ताइवानलाई आफ्नै मुलुकको एक हिस्सा मान्दै आएको छ भने आवश्यक परे बल प्रयोग गरेर मुख्यभूमिमा गाभ्ने बताउँदै आएको छ ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ६ : ५४ बजे

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी