एकीकृत समाजवादीको बैठक सुरु, राष्ट्रियसभा निर्वाचनबारेमा छलफल  « Khabarhub

एकीकृत समाजवादीको बैठक सुरु, राष्ट्रियसभा निर्वाचनबारेमा छलफल 


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो ।

आजको बैठकमा पार्टीले राष्ट्रियसभामा पाउनुपर्ने सिटका विषयमा छलफल गर्ने छ । नेकपा समाजवादीले ४ सिट आफूले पाउनुपर्ने माग राखिरहेको छ । तर गठबन्धनलाई भाग गर्दा उसले ३ सिट मात्र पाउने बताइएको छ । आजको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सिटका बारेमा नेताहरूको धारणा सुन्ने र निर्णय लिने बताइएको छ । 

राष्ट्रियसभा निर्वाचन माग ११ गते हुने भएको छ । जसमा १९ सिटका लागि निर्वाचन हुने छ । गठबन्धन दल भर्सेस एमाले निर्वाचनमा होमिने भएका छन् । यसको सिट भने बाँडफाँड भएको छैन । 

यसैबीच बेलुका ४ बजे चार दल र साँझ ५ बजे गठबन्धनमा सहकार्य गरिरहेका ७ दलबीच राष्ट्रियसभा निर्वाचन सिट विभाजनको बारेमा छलफल हुने छ ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  २ : ०१ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल