बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध, खुलाउने प्रयास जारी « Khabarhub

बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध, खुलाउने प्रयास जारी


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् ।

सडक अवरुद्ध हुँदा सरकारले जनशक्ति र उपकरणको प्रयोग गरेर खुलाइरहे पनि पनि ठूला पहिरो गएको, सडक नै भासिएको लगायतका समस्या आउँदा तुरुन्त सडक सञ्चालनमा आउन नसकेको हो ।

निर्माणाधीन कान्ति लोकपथअन्तर्गत धेरै ठाउँमा पहिरो जाँदा उक्त सडक अवरुद्ध भएको छ । यो सडकमा पटकपटक पहिरो हटाउँदा पनि माथिबाट ढुंगा, माटो खस्ने क्रम नरोकिएको सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले जानकारी दिए ।

उनले भने, ‘नयाँ सडकमा यस्ता समस्या बढी पाइन्छ । हामी पहिरो पन्छाउने प्रयास गरिरहेका छौं ।’

ललितपुरको लाँकुरी भञ्ज्याङ–मानेदोभान सडक माथिबाट गएको पहिरोका कारण गत बिहीबार अवरुद्ध भएको थियो । सडक अझै सञ्चालन हुन नसकेको विभागले जनाएको छ ।

सातदोबाटो–धापाखेल सडकखण्ड दुई साता पहिले भासिएको थियो । दुई लेनको सडक अहिले एक लेनमा सञ्चालन भएको छ भने एउटा लेनअवरुद्ध छ । छम्पी–टीका भैरव सडक माथिबाट आएको पहिराकै कारण झण्डै दुई सातादेखि अवरुद्ध रहेको थियो भने हाल सो सडक केही ठाउँमा सञ्चालन र केही ठाउँमा अवरुद्ध रहेको छ ।

कर्णाली राजमार्गको काने खोलाले करीब ३० मिटर सडक बगाउँदा त्यहाँको सडक गत १२ गतेदेखि अवरुद्ध छ । त्यस्तै बेंसीशहर–मनाङ सडक पनि पहिराकै कारण गत बिहीबारदेखि अवरुद्ध रहेको छ ।

लहानको ५४ किमी लम्बाइको मिर्चैया–कटारी–घुर्मी सडक गत असारको २६ गते पहिरोले बगाएको थियो । हाल यो सडकअवरुद्ध रहेको विभागका प्रवक्ता शिवहरि सापकोटाले बताए ।

यो सडकको नयाँ ट्याक खोल्ने तयारी भइरहेको छ । यातायात सञ्चालन हुन अझै पाँच दिन लाग्ने विभागले जनाएको छ । उनले भने, ‘अहिले अवरुद्ध सडकमध्ये सबैभन्दा बढी समस्या यही सडकमा रहेको छ ।’

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ७ : १५ बजे

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला

स्वास्थ्य मन्त्रालयमा थपियो ९७७ दरबन्दी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापनको

रोड टु यूएफसी : सेमिफाइनलमा रविन्द्र न्यूजिल्याण्डका कासिबसँग भिड्ने

काठमाडौं – नेपालका युवा एमएमए स्टार रविन्द्र ढाँट अब ‘रोड

वैद्यज अर्गनाइजेसनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन नेपालका लागि

आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब