बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध, खुलाउने प्रयास जारी « Khabarhub

बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध, खुलाउने प्रयास जारी


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् ।

सडक अवरुद्ध हुँदा सरकारले जनशक्ति र उपकरणको प्रयोग गरेर खुलाइरहे पनि पनि ठूला पहिरो गएको, सडक नै भासिएको लगायतका समस्या आउँदा तुरुन्त सडक सञ्चालनमा आउन नसकेको हो ।

निर्माणाधीन कान्ति लोकपथअन्तर्गत धेरै ठाउँमा पहिरो जाँदा उक्त सडक अवरुद्ध भएको छ । यो सडकमा पटकपटक पहिरो हटाउँदा पनि माथिबाट ढुंगा, माटो खस्ने क्रम नरोकिएको सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले जानकारी दिए ।

उनले भने, ‘नयाँ सडकमा यस्ता समस्या बढी पाइन्छ । हामी पहिरो पन्छाउने प्रयास गरिरहेका छौं ।’

ललितपुरको लाँकुरी भञ्ज्याङ–मानेदोभान सडक माथिबाट गएको पहिरोका कारण गत बिहीबार अवरुद्ध भएको थियो । सडक अझै सञ्चालन हुन नसकेको विभागले जनाएको छ ।

सातदोबाटो–धापाखेल सडकखण्ड दुई साता पहिले भासिएको थियो । दुई लेनको सडक अहिले एक लेनमा सञ्चालन भएको छ भने एउटा लेनअवरुद्ध छ । छम्पी–टीका भैरव सडक माथिबाट आएको पहिराकै कारण झण्डै दुई सातादेखि अवरुद्ध रहेको थियो भने हाल सो सडक केही ठाउँमा सञ्चालन र केही ठाउँमा अवरुद्ध रहेको छ ।

कर्णाली राजमार्गको काने खोलाले करीब ३० मिटर सडक बगाउँदा त्यहाँको सडक गत १२ गतेदेखि अवरुद्ध छ । त्यस्तै बेंसीशहर–मनाङ सडक पनि पहिराकै कारण गत बिहीबारदेखि अवरुद्ध रहेको छ ।

लहानको ५४ किमी लम्बाइको मिर्चैया–कटारी–घुर्मी सडक गत असारको २६ गते पहिरोले बगाएको थियो । हाल यो सडकअवरुद्ध रहेको विभागका प्रवक्ता शिवहरि सापकोटाले बताए ।

यो सडकको नयाँ ट्याक खोल्ने तयारी भइरहेको छ । यातायात सञ्चालन हुन अझै पाँच दिन लाग्ने विभागले जनाएको छ । उनले भने, ‘अहिले अवरुद्ध सडकमध्ये सबैभन्दा बढी समस्या यही सडकमा रहेको छ ।’

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ७ : १५ बजे

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने