प्रधानमन्त्री कप छनोट : समूह विजेता बन्दै स्याङ्जा फाइनल | Khabarhub Khabarhub

प्रधानमन्त्री कप छनोट : समूह विजेता बन्दै स्याङ्जा फाइनल


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

कास्की – स्याङ्जा आसन्न प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आजको खेलमा कास्कीलाई ७७ रनले पराजित गरी समूह ‘ए’ को विजेता बन्दै स्याङ्जाले फाइनलमा स्थान बनाउन सफल भयो । स्याङ्जाले यसअघि बाग्लुङलाई पनि पराजित गरेको थियो । खेलमा टस जितेर सुरुवातमा ब्याटिङ रोजेको स्याङ्जाले निर्धारित ५० ओभरको खेलमा नौ विकेट गुमाउँदै दुई सय २२ रनको योगफल बनाएको थियो ।

खेलमा जितका लागि दुई सय २३ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कास्की ४० ओभरको तेस्रो बलमा जम्मा एक सय ४५ रन बनाएर अलआउट भयो । स्याङ्जाका अङ्कित न्यौपाने र आश्विन रानाले तीन÷तीन तथा सन्दीप खत्री क्षेत्रीले एक विकेट लिए ।

स्याङ्जाका ईश्वर क्षेत्रीले सर्वाधिक ५५ र मीलन क्षेत्रीले ३६ रनको योगदान दिए। कास्कीका कप्तान विपीन खत्री तीन तथा नितेश गिरी र आदित्य थापाले समान दुई÷दुई विकेट लिए । ‘प्लेयर अफ दी म्याच’ घोषित स्याङ्जाकाका आश्विन रानालाई पर्वत जिल्ला क्रिकेट सङ्घका अध्यक्ष रेशमबहादुर केसीले पुरस्कार वितरण गरे ।

प्रतियोगिताको समूह ‘ए’ मा का खेल सम्पन्न हुँदा कास्कीले दुई अङ्क जोड्न सफल भयो । बाग्लुङले भने कुनै पनि अङ्क जोड्न सकेन । प्रतियोगिता अन्तर्गत आइतबारदेखी समूह ‘बी’का खेल सुरु हुने आयोजक गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिएयो । सूमह ‘बी’को विजेताले फाइनलमा स्याङ्जासँग उपाधिका लागि खेल्नेछ । प्रतियोगिताको फाइनल खेल पुस २५ गते सञ्चालन हुनेछ ।

नेपाल क्रिकेट सङ्घको आयोजनामा आगामी पुस २८ गतेदेखि राजधानी काठमाडौँमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । गण्डकी प्रदेशले आफ्नो पहिलो खेल पुस २८ गते लुम्बिनी प्रदेशसँग खेल्ने खेल तालिका रहेको छ ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ९ : ५० बजे

काठमाडौंको माइतीघरमा जेन-जी पुस्ताको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– जेनजी पुस्ताले भ्रष्टाचार र नातावादविरुद्ध काठमाडौंको माइतीघरमा प्रदर्शन सुरु

सोह्र श्राद्धमा पितृप्रतिको श्रद्धा (तस्बिरहरू)

काठमाडौं– यस वर्षको सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजबाट सुरु

म्याग्दीको ओखरबोटमा पुनः तामाखानी सञ्चालन गर्न अन्वेषण सुरु

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकामा बन्द अवस्थामा रहेको ओखरबोट तामाखानी पुनः

मध्यपुरथिमिको ऐतिहासिक जिब्रो छेड्ने जात्रा सम्पन्न

भादगाउँ– मध्यपुरथिमिमा आश्विन शुक्ल पूर्णिमाको अवसरमा आइतबार मनाइएको ‘येंया पुन्ही

यसवर्षको पहिलो खग्रास चन्द्रग्रहण साढे तीन घण्टा देखियो

काठमाडौं– भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार राति खग्रास (पूरै ढाकिने)