ताइवानको राष्ट्रपतिमा तीन नेताको चासो | Khabarhub Khabarhub

ताइवानको राष्ट्रपतिमा तीन नेताको चासो

चुनावमा चीनको भू-राजनीतिक स्वार्थ


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

अबको एक सातापछि ताइवानले नयाँ राष्ट्रपतिको चयन गर्नेछ। भिन्न र सार्वभौम भइसकेको ताइवानमाथि चीनले आफ्नो अधीनको भन्दै दाबी गरिरहेको छ। त्यसै ताइवानमा सन् १९९६ पछि पहिलो पटक निर्वाचन हुन लागेको हो। ताइवानको मामलामा चीन र अमेरिका दुवैको चासो भइरहेको समयमा हुन लागेको निर्वाचनले बहालवाला राष्ट्रपति साइ इङ वेनलाई प्रतिस्थापन गर्नेछ।

भू-राजनीतिक अवस्था, कम आय तथा बढ्दै गएको मूल्य ताइवानको निर्वाचन अघि उठेका मुख्य विषय हुन्। अहिलेको उपराष्ट्रपति सत्तारुढ प्रजातान्त्रिक प्रगतिशील दल (डीडीपी)बाट उम्मेदवार भएका छन्।

ताइवानको मामलामा चीन र अमेरिका दुवैको चासो भइरहेको समयमा हुन लागेको निर्वाचनले बहालवाला राष्ट्रपति साइ इङ वेनलाई प्रतिस्थापन गर्नेछ।

अहिलेको सर्वेक्षणमा उनी विपक्षी दल कोमीन्ताङबाट उम्मेदवार भएका पूर्व प्रहरी प्रमुख भन्दा केही अघि छन्। पहिले अप्रत्याशित रूपमा सबैलाई सर्वेक्षणमा पछि छाडेका पूर्व मेयरले अहिले उनीहरूलाई पछ्याइ रहेका छन्। एकै दिन हुने संसदीय निर्वाचनमा मतदाताले एकै पटक जिल्ला तथा माथिल्लो तहका लागि मतदान गर्नेछन्।

नरम र मृदुभाषी छवि बनाएका सत्तारुढ दल डीडीपीका विलियम लाइ चाटेङ ली सार्वभौम ताइवानको पक्षपाती हुन्। ६४ वर्षीय लीले बारम्बार स्वतन्त्र ताइवानका लागि नै काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

दुई वर्षको हुँदा बाबु गुमाएका उनलाई आमाले ६ सन्तानको साथमा हुर्काएकी थिइन्। उनी आफ्नो काममा सधैँ प्रतिबद्ध हुने प्रतिबद्धता व्यक्त गर्छन्।

हवार्डका अध्ययन गरेर चिकित्सा क्षेत्रमा प्रवेश गरेका उनी सन् १९९० को दशकपछि सामाजिक जीवनमा प्रवेश गरेका थिए। उनले सुरुवातका दक्षिणी प्रान्त तीनानबाट विधायीकामा प्रतिनिधित्व गरेका थिए। सन् २०१० मा सो पदमा विजयी भएर सबैको मन जितेका उनले सन् २०१४ मा ७३ प्रतिशत मत पाएका थिए।

सत्तारुढ दल डीडीपीका विलियम लाइ चाटेङ ली सार्वभौम ताइवानको पक्षपाती हुन्। ६४ वर्षीय लीले बारम्बार स्वतन्त्र ताइवानका लागि नै काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

हालै ताइवानी पब्लिक अपोनीयन फाउन्डेसन (टिपीओएफ)ले गरेको सर्वेक्षण अनुसार उनी ३८ प्रतिशत मतसहित हाउ भन्दा एक प्रतिशतले अघि छन्।

राष्ट्रपति निर्वाचनको दौडको क्रममा चीनसँग शत्रुता गर्न नचाहेको तथा चीन पनि आफ्नो देश जस्तै प्रजातन्त्र अङ्गीकार गरेको हेर्न चाहेको बताएका छन्। बेइजिङले भने लीलाई बारम्बार सङ्कटका पात्रको रूपमा सम्बोधन गर्दै आएको छ। तर उनको अभियानकी सहयात्री हँसाइयो बि खिमले बेइजिङलाई अझ बढी आक्रोशित बनाएकी छिन्। जापानमा जन्मिएकी उनी अमेरिकामा हुर्किएकी हुन्। उनको ताइवानको सहयात्रीसँग राम्रो सम्बन्ध छ। परन्तु उनीहरूको पनि चीनसँग कूटनीतिक सम्बन्ध छ।

चीनले हाइसोलाई चीनको पृथकतावादीको संज्ञा दिएको छ। चीनले एक पटक आफ्नो देशमा ताइवानका उच्च पदस्थलाई प्रतिबन्ध समेत लगाएको थियो। हसाइयो वैदेशिक अनुभव पनि त्यत्तिकै छ। उनले अमेरिकामा चीनको प्रतिनिधिको रूपमा तीन वर्ष काम गरिसकेकी छन्।

अर्का उम्मेदवार हाउको बाल्यकाल सुँगुर समाउने तथा त्यसलाई बजार व्यवस्थापनका लागि परिवारलाई सहयोग गर्ने क्रममा बितेको थियो। सुँगुर समाउने सिपकै कारण उनी प्रहरीमा आबद्ध भएका थिए। चिनिएका अपराधी समाउने काममा सक्रिय उनी सन् २००४ मा पूर्व राष्ट्रपति चेन सु बियनको हत्याको छानबिनमा सक्रिय थिए।

चीनले हाइसोलाई चीनको पृथकतावादीको संज्ञा दिएको छ। हसाइयो वैदेशिक अनुभव पनि त्यत्तिकै छ। उनले अमेरिकामा चीनको प्रतिनिधिको रूपमा तीन वर्ष काम गरिसकेकी छन्।

पूर्व प्रहरी प्रमुख ६६ वर्षीय उनी सन् २०१० मा राजनीतिमा प्रवेश गरे। उनी सन् २०१८ मा सबै भन्दा बढी जनसङ्ख्या भएको न्यु ताइपेइका मेयर भएका थिए। सन् २०२२ मा उनी फेरी निर्वाचित भए। उनको प्रहरी प्रमुख र मेयरको अनुभवको उपयोग गर्दै राष्ट्रपति बन्ने तयारी गरेका छन्। सुरुमा अप्ठेरो अवस्थामा रहेका उनका लागि कोमिन्ताङका अर्का उम्मेदवार असफल भएपछि बाटो खुला भएको हो।

ताइवानको स्वतन्त्रताको विरुद्धमा रहेका उनको पक्षमा चीनसमेत लागि परेको छ। उनले एक चीन नीतिको पक्षमा आवाज उठाउने अपेक्षाका कारण बेइजिङको चासो रहेको हो। उनले ताइवान स्ट्रिट नै बेइजिङको संविधान अनुसार भएको जनाएका छन्। कोमिन्ताङबाट उप राष्ट्रपतिको उम्मेदवार भएका जा स कङ पनि कुनै समय दक्षिण पन्थी दलका नेता तथा परिचित राजनीतिक विश्लेषक थिए। ७३ वर्षीय उनले चीन र ताइवानको एकताको कुरा उठाएका छन्।

सन् १९९१ मा कोमिन्ताङले सरकारको नेतृत्व गर्ने अवसर पाउँदा उनी वातावरण मन्त्री थिए। दुई वर्ष पछि उनले सो दल चीनको पक्षधर नभएको ठहर गर्दै पार्टी विभाजन गरेर अर्को दल स्थापना गरेका थिए। सन् १९९६ मा राजनीति छाडेर सञ्चार कार्यमा सक्रिय भएका उनी सन् २०२१ को फेब्रुअरीमा फेरि राजनीतिमा प्रवेश गरेका हुन्।

कोमिन्ताङबाट उप राष्ट्रपतिको उम्मेदवार भएका जा स कङ पनि कुनै समय दक्षिण पन्थी दलका नेता तथा परिचित राजनीतिक विश्लेषक थिए। ७३ वर्षीय उनले चीन र ताइवानको एकताको कुरा उठाएका छन्।

यी विचित्रका चिकित्सकले विगतमा जाली र्‍याप भिडियो बनाएका थिए। ताइपेइको मेयर रहेकै समयमा उनले चीनको विरुद्धमा उत्तेजक भनाइ रोकिनुपर्ने आशयको भिडियो बनाएका हुन्।

ताइवान पिपल पार्टी (टीपीपी)का प्रमुख कोजेन अहिले युवाको माझमा अत्यन्त लोकप्रिय छन्। उनी एक समय सर्वेक्षणमा अघि थिए। विस्तारै उनको लोकप्रियता घटेको छ। सर्वेक्षणले उनको पक्षमा २५ प्रतिशत भोट रहेको देखाएको छ।

सर्जन यिनले १० वर्ष अघि राजनीतिका लागि सेतो कोट फुकालेका थिए। सन् २०१४ मा सन फ्लावर मुभमेन्ट गर्दै यिनी राजनीतिमा आएका थिए। त्यस समयमा विद्यार्थीले चीनको टापुमा गतिविधि गरेका थिए। त्यसको अर्को वर्ष उनी राजनीतिको सुरुवातमै ताइवानको मेयर चुनिएका थिए। मेयरको रूपमा आठ वर्ष कार्यरत रहँदा उनले चीनसँगको सम्बन्ध सुधारेका थिए। खासमा सांघाइसँगको सम्बन्धमा व्यापक विकास गरेका थिए।

विश्लेषकले को र उ दुवैले इलेक्ट्रोल निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्ने थुप्रै आधार भएको बताएका छन्।

सन् २०१९ मा उनले टीपीपीको स्थापना गरे। डीपीपी कोमिन्ताङको विकल्प बनेको उनको दलले सन् २०२० को निर्वाचनमा १ सय १३ स्थान जितेको थियो। उनले डीपीपी युद्धको पक्षरत र कोमिन्ताङ बढी रक्षात्मक भएको कुरा गरेका थिए। कोका उत्तराधिकारी तथा चुनावी सहयात्री क्यान्थीया उ ताइवानको ठुलो समूह किनकन ग्रुपमा आबद्ध छिन्। धेरैको अनुमान को उनकै आर्थिक बलमा राजनीतिमा प्रवेश गरेका हुन्।

अमेरिकामा जन्मेर शिक्षा पाएका ४५ वर्षीय उनले लन्डनको मेरियल लिन्चमा इन्भेस्टमेन्ट विशेषज्ञको रूपमा काम सुरु गरेका थिए। उनी अहिले पनि समूहको परोपकारी निकायमा आबद्ध छिन्। विश्लेषकले को र उ दुवैले इलेक्ट्रोल निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्ने थुप्रै आधार भएको बताएका छन्।
स्रोतः बीबीसी

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ७ : २१ बजे

यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान

काठमाडौं– यस वर्षको चाडपर्वमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई लागू गर्न निर्देशन

काठमाडौं–  निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले चाडपर्व लक्षित विशेष सुरक्षा

सङ्घीयता कार्यान्वयनपछि स्वास्थ्य र शिक्षामा मुलुक आत्मनिर्भर : देउवा

वीरगञ्ज– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीयता कार्यान्वयनपछि

जनप्रगतिशील मञ्च अष्ट्रेलियाको सहयोगमा छात्रवृत्ति वितरण

झापा- नेकपा माओवादी केन्द्रनिकट जनप्रगतिशील मञ्च अस्ट्रेलियाले विपन्न परिवारका छात्रछात्रालाई