एफए कपमा चेल्सीको सानदार जित « Khabarhub

एफए कपमा चेल्सीको सानदार जित


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एफए कप फुटबलमा लन्डन क्लब चेल्सीले सानदार जित निल्दै चौथो चरणमा प्रवेश गरेको छ ।

गएराति भएको तेस्रो चरणको खेलमा च्याम्पियनसिप क्लब प्रिस्टनमाथि ४–० को फराकिलो जित निकाल्दै चेल्सी चौथो चरणमा प्रवेश गरेको हो ।

चेल्सीका लागि अर्मान्डो ब्रोजा, थियागो सिल्भा, रहिम स्टर्लिङ र एन्जो फर्नान्डेसले एक–एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा भएका हुन् ।

खेलको ५८औँ मिनेटमा ब्रोजाले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै सिल्भाले ६६औँ मिनेट, रहिमले ६९औँ तथा एन्जोले ८५औँ मिनेटमा गोल गर्दै टोलीलाई ४–० गोलको जित दिलाए ।

एफए कप अन्तर्गत ब्ल्याकबर्न, सेफिल्ड युनाइटेड, प्लेमाउथ, बर्नमाउथ, साउथह्याम्टन, ब्राइटन, वाटफोर्ड, एस्टन भिल्ला, सेफ वेनस्डे, स्वान्सी सिटी र न्युक्यासल युनाइटेडले सफलता हात पार्दै चौथो चरणमा पुगिसकेका छन् ।

यो पनि…
एफए कप : न्युक्यासल युनाइटेड चौथो चरणमा प्रवेश

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ९ : ११ बजे

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,

डण्डा दुर्घटना : मृतकका परिवारद्वारा निष्पक्ष अनुसन्धानको माग

कावासोती- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-१६ डण्डामा कारको

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

काठमाडौँ- नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य