भूकम्पबाट क्षतिग्रस्त ७० सरकारी भवनको पुनःनिर्माण सम्पन्न « Khabarhub

भूकम्पबाट क्षतिग्रस्त ७० सरकारी भवनको पुनःनिर्माण सम्पन्न


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौं– २०७२ बैशाख १२ को भूकम्पबाट पूर्ण रुपमा क्षति भएका सरकारी र सार्वजनिक भवनमध्ये ७० वटाको पुनःनिर्माण सम्पन्न भएको छ ।

सरकारी स्रोतबाट ३० र एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा बनेका ४० भवन निर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का आयोजना निर्देशक नवराज प्याकुरेलका अनुसार सरकारी स्रोतबाट पुनःनिर्माण भइरहेका बाँकी २१ भवन चालु आर्थिक वर्षमै सम्पन्न हुनेछन् ।

एडिबीको ऋण सहयोगमा पुनःनिर्माण भइरहेका बाँकी २९ भवनको पुनःनिर्माण विसं २०७६ पुससम्ममा सम्पन्न भइसक्ने पनि उनले बताए । यस्तै पुनःनिर्माण तथा प्रवलीकरण गर्न बाँकी रहेका संरचना बनाउने प्रक्रिया थालिएको छ ।

राजधानीमा आज आयोजित समीक्षा कार्यक्रममा दिइएको जानकारीअनुसार भूकम्पबाट आंशिक क्षति भएका मर्मतयोग्य २५३ संरचनाको मर्मत सम्पन्न भएको छ । सरकारी भवनतर्फ हालसम्म रु आठ अर्ब २८ करोड खर्च भएको छ ।

यस्तै साझा प्रकाशन, गोरखापत्र संस्थान, रेडियो नेपालको भवनको सम्झौता सम्पन्न भएको छ भने सिंहदरबार पश्चिम ढोकाको दुवैतर्फका भवनको बोलपत्र आह्वान गरिएको छ । भारतीय ऋण (एक्जिम बैंकमार्फत्) सहयोगमा पुनःनिर्माण हुने ललितपुरस्थित एकीकृत प्रशासनिक भवनको सार्वजनिक खरीदको सूचना प्रकाशन भएको छ ।

सोही ऋण सहयोगमा बन्ने गोरखा, सिन्धुपाल्चोक, लमजुङ, रसुवा, ओखलढुङ्गा तथा सोलुखुम्बुका कारागार भवन पुनःनिर्माणको प्रक्रिया अघि बढाउन गृहकार्य भइरहेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सरकारी भवनसहित भूकम्पबाट क्षति भई बनाउन बाँकी संरचना समयमा पुनःनिर्माण गर्नका लागि योजना बनाएर अघि बढेको बताए ।

एकाई (भवन) का अनुसार ठूला सरकारी तथा सार्वजनिक भवनको प्रवलीकरणको काम पनि अघि बढेको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयको प्रवलीकरण यसअघि नै सम्पन्न भइसकेको छ । सिंहदरबार मूल भवनको पश्चिम भागबाहेक तीनवटै खण्डको प्रवलीकरण जारी छ । पश्चिम भागको बोलपत्र प्रकाशित भएको छ ।

त्यसैगरी, बाल मन्दिर, केशरमहल तथा केन्द्रीय कानून पुस्तकालय भवनको प्रवलीकरणको पनि बोलपत्र प्रकाशित भएको छ । राष्ट्रपति कार्यालय (शीतल निवास), यसअघि उपराष्ट्रपतिको कार्यालय रहेको बहादुर भवन एवं घण्टाघरसँग जोडिएको त्रिचन्द्र कलेज भवन पनि प्रवलीकरणको डिजाइन चरणमा छन् । नेपाल राष्ट्र बैंककै लगानीमा बालुवाटार र थापाथलीका भवनको निर्माण जारी छ ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ८ : ३३ बजे

ऋतिक रोशनको ड्रीम प्रोजेक्ट ‘कृष ४’ निर्माणमा ब्रेक

काठमाडौं– बलिउड सुपरस्टार ऋतिक रोशनको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘कृष ४’

ठमेलमा गन्तव्य बनेको ‘एलओडी क्लब’ सातौँ वर्षमा

काठमाडौं- ठमेलस्थित ‘एलओडी क्लब’ले सातौँ वर्षमा प्रवेश गरेको छ। क्लबले

४ वर्षमा पनि बनेन सूर्यविनायक-धुलिखेल सडक (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गतको सूर्यविनायक धुलिखेल सडक निर्माण सुरु भएको

लिबियामा १४० जना अवैध आप्रवासीलाई निर्वासन

एजेन्सी– लिबियाबाट १४० जना अवैध  आप्रवासीहरूलाई उनीहरूको मूल देशमा निर्वासन

दाङमा मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो

देउखुरी– दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ