भूकम्पबाट क्षतिग्रस्त ७० सरकारी भवनको पुनःनिर्माण सम्पन्न | Khabarhub Khabarhub

भूकम्पबाट क्षतिग्रस्त ७० सरकारी भवनको पुनःनिर्माण सम्पन्न


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौं– २०७२ बैशाख १२ को भूकम्पबाट पूर्ण रुपमा क्षति भएका सरकारी र सार्वजनिक भवनमध्ये ७० वटाको पुनःनिर्माण सम्पन्न भएको छ ।

सरकारी स्रोतबाट ३० र एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा बनेका ४० भवन निर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का आयोजना निर्देशक नवराज प्याकुरेलका अनुसार सरकारी स्रोतबाट पुनःनिर्माण भइरहेका बाँकी २१ भवन चालु आर्थिक वर्षमै सम्पन्न हुनेछन् ।

एडिबीको ऋण सहयोगमा पुनःनिर्माण भइरहेका बाँकी २९ भवनको पुनःनिर्माण विसं २०७६ पुससम्ममा सम्पन्न भइसक्ने पनि उनले बताए । यस्तै पुनःनिर्माण तथा प्रवलीकरण गर्न बाँकी रहेका संरचना बनाउने प्रक्रिया थालिएको छ ।

राजधानीमा आज आयोजित समीक्षा कार्यक्रममा दिइएको जानकारीअनुसार भूकम्पबाट आंशिक क्षति भएका मर्मतयोग्य २५३ संरचनाको मर्मत सम्पन्न भएको छ । सरकारी भवनतर्फ हालसम्म रु आठ अर्ब २८ करोड खर्च भएको छ ।

यस्तै साझा प्रकाशन, गोरखापत्र संस्थान, रेडियो नेपालको भवनको सम्झौता सम्पन्न भएको छ भने सिंहदरबार पश्चिम ढोकाको दुवैतर्फका भवनको बोलपत्र आह्वान गरिएको छ । भारतीय ऋण (एक्जिम बैंकमार्फत्) सहयोगमा पुनःनिर्माण हुने ललितपुरस्थित एकीकृत प्रशासनिक भवनको सार्वजनिक खरीदको सूचना प्रकाशन भएको छ ।

सोही ऋण सहयोगमा बन्ने गोरखा, सिन्धुपाल्चोक, लमजुङ, रसुवा, ओखलढुङ्गा तथा सोलुखुम्बुका कारागार भवन पुनःनिर्माणको प्रक्रिया अघि बढाउन गृहकार्य भइरहेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सरकारी भवनसहित भूकम्पबाट क्षति भई बनाउन बाँकी संरचना समयमा पुनःनिर्माण गर्नका लागि योजना बनाएर अघि बढेको बताए ।

एकाई (भवन) का अनुसार ठूला सरकारी तथा सार्वजनिक भवनको प्रवलीकरणको काम पनि अघि बढेको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयको प्रवलीकरण यसअघि नै सम्पन्न भइसकेको छ । सिंहदरबार मूल भवनको पश्चिम भागबाहेक तीनवटै खण्डको प्रवलीकरण जारी छ । पश्चिम भागको बोलपत्र प्रकाशित भएको छ ।

त्यसैगरी, बाल मन्दिर, केशरमहल तथा केन्द्रीय कानून पुस्तकालय भवनको प्रवलीकरणको पनि बोलपत्र प्रकाशित भएको छ । राष्ट्रपति कार्यालय (शीतल निवास), यसअघि उपराष्ट्रपतिको कार्यालय रहेको बहादुर भवन एवं घण्टाघरसँग जोडिएको त्रिचन्द्र कलेज भवन पनि प्रवलीकरणको डिजाइन चरणमा छन् । नेपाल राष्ट्र बैंककै लगानीमा बालुवाटार र थापाथलीका भवनको निर्माण जारी छ ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ८ : ३३ बजे

थप चार उद्योग निजीकरण गर्दै सरकार

काठमाडौँ – सरकारले लामो समयदेखि बन्द रहेका सरकारी उद्योगलाई नयाँ

अर्थमन्त्रीको जवाफ- लोकतन्त्र र गणतन्त्रको मर्मअनुसार बजेट आएको हो

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको मर्म

सभामुखको भूमिकामा प्रश्न उठाउँदै कृष्णगोपालले रामहरिलाई भने- तपाईंसँग नैतिकता छैन, यो कुर्सी छोड्नुस्

काठमाडौं- संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मत निर्णयसहित

सुदूरपश्चिम प्रदेशसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभामा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२-८३ को

अमेरिकामा जासुसी गरेको आरोपमा दुई चिनियाँ नागरिक पक्राउ

वासिङ्टन– जासुसी गरेको र गुप्तचर सेवामा काम गर्न अमेरिकी नौसेनाका