पिएम कप सुदूरपश्चिम छनोट : बैतडी र कैलाली फाइनलमा « Khabarhub

पिएम कप सुदूरपश्चिम छनोट : बैतडी र कैलाली फाइनलमा


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

बैतडी – प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटको फाइनल पुग्ने टोलीको टुङ्गो लागेको छ ।

समूह चरणका खेल सम्पन्न भएसँगै फाइनल पुग्ने खेलको टुङ्गो लागेको हो । समान तीन खेल जितेको बैतडी अङ्कतालिकाको शीर्ष र कैलाली दोस्रो स्थानमा रहँदै फाइनल पुगेका छन् । आज सम्पन्न खेलमा बैतडीलाई १० रनले हराउँदै कैलाली फाइनलमा प्रवेश गरेको हो । यसअघि समान तीन खेल जितेको कञ्चनपुर भने नेट रन रेटमा पछि रहँदै फाइनल होडबाट बाहिरिएको स्कोरर नरेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

जितका लागि पाएको दुई सय एक रनको लक्ष्य पछ्याएको बैतडीले ३० ओभरमा ६ विकेटको क्षतिमा एक सय ९० रन मात्रै बनाउन सक्यो । जसमा ओपनर खडक बोहराले शतकीय पारी खेले । उनले ७९ बलको सामना गर्दै १२ चौका र दुई छक्काको मद्दतमा एक सय १० रन जोडे । जारी प्रतियोगितामा खडक शतक हिर्काउने पहिलो खेलाडीसमेत बने । कैलालीका लागि शेर मल्लले चार र कप्तान नारायण जोशीले दुई विकेट हात पारे ।

यसअघि फाप्ला मैदानमा बिहान ९ बजेदेखि सुरु हुने भनिएको ५० ओभरको खेल बाक्लो हुस्सु लागेकाले निर्धारित समयभन्दा ढिला सुरु हुँदा ३० ओभरमा झारिएको थियो ।

टस जितेर पहिला ब्याटिङ गरेको कैलालीले निर्धारित ३० ओभरमा ६ विकेटको क्षतिमा दुई सय रन बनायो । उसका अभिषेक पालले ६३ र आयुब चन्दले अविजित ५३ रनको योगदान गरे । बैतडीका खडक बोहराले तीन विकेट झारे । खडक खेलको ‘म्यान अफ द म्याच’ घोषित भए ।

अब बैतडी र कैलालीबीचको फाइनल खेल मङ्गलबार हुनेछ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा पुस १४ गतेदेखि छनौट प्रतियोगिता सुरु भएको थियोे । छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताको टोलीमा समावेश गरिनेछ ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ९ : ५५ बजे

१४ सहसचिव र ९ उपसचिवको सरुवा

काठमाडौं- सरकारले १४ जना सहसचिव र ९ जना उपसचिव गरी

‘विपद्का बेला सरकार आफ्नै कामले सन्तुष्ट छ जस्तो लाग्दैन तर नियतमा खोट छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्री वालेन्द्र शाह

‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

काठमाडौं– नेपाल सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा यही भदौ १० गते गएको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने दाताहरूको