महोत्तरीमा राष्ट्रियस्तरको भलिबल प्रतियोगिता हुने « Khabarhub

महोत्तरीमा राष्ट्रियस्तरको भलिबल प्रतियोगिता हुने


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – महोत्तरीको बर्दिवासमा दोश्रो मेयर खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।

देशैभरीका भलिबल टिमलाई सहभागी गराउने उद्देश्यले आयोजना भएको प्रतियोगिता १ माघ देखि ४ माघसम्म आयोजना हुने भएको हो।

नगर खेलकुद विकास समितिका अध्यक्ष दिपेन्द्र शिवभक्तीका अनुसार प्रायः सवै प्रदेशको प्रतिनिधित्व हुनेगरी झण्डै २० वटा टिम सहभागी हुने आकलन गरिएको छ।

लगभग ८ लाख लागतको अनुमान गरिएको उक्त प्रतियोगितामा प्रथम हुने टिमले १ लाख १ हजार, दोश्रो हुने टिमले ५१ हजार पुरुस्कार जित्ने घोषणा समेत गरिएको छ।

बर्दिवास– १३ स्थित रामजानकी पार्कमा खेलाईने उक्त प्रतियोगितामा टाढावाट सहभागी खेलाडीहरुको लागी आवास तथा खाना र यातायात खर्चको समेत व्यवस्था गरिएको विकास समितिका सचिव अर्जुन बस्नेतले जानकारी दिए।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ८ : १७ बजे

विश्वकप नखेल्ने निर्णय गरेको बंगलादेशलाई आईसीसीले वित्तीय र प्रशासनिक कारबाही नगर्ने

काठमाडौं – विश्वकप नखेल्ने निर्णय गरेको बंगलादेश अन्तर्राष्ट्रिय क्रिकेट परिषद्

कांग्रेस उपसभापति शर्मा पाँच जिल्लाको चुनावी दौडाहामा, आज बाँके पुग्दै 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई

एमाले अध्यक्ष ओलीको चुनावी दौडधुप : आज झापाको गौरादहमा भेटघाट कार्यक्रम

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१

विश्वकपमा आज तीन खेल : अन्तिम खेलमा पाकिस्तान र अमेरिका भिड्दै

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत मंगलबार तीन खेल हुँदैछन्।

खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै

काठमाडौं– बजारमा खानेतेल, खाना पकाउने ग्यासलगायत सामग्रीको कृत्रिम अभाव देखिएपछि