थालेसिमियाका बिरामीलाई ‘डेकेयर’ सेवा « Khabarhub

थालेसिमियाका बिरामीलाई ‘डेकेयर’ सेवा


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

चितवन – भरतपुर अस्पतालमा थालेसिमियाका बिरामीलाई लक्षित गरी ‘डेकेयर’ सेवा सुरु गरिएको छ । थालेसिमियाका बिरामीलाई समय समयमा रगत चढाउनुपर्ने भएपछि डेकेयर सेवा सुरु गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा श्रीराम तिवारीका अनुसार हाललाई तीन शय्याको छुट्टै डेकेयर सुरु गरिएको छ । भर्ना गरेर उपचार गर्नुपर्ने बिरामीलाई वार्डमै भर्ना गरिने उहाँले जानकारी दिए ।

अस्पतालका बाल रोग विशेषज्ञ डा नारायणबहादुर थापाले डेकेयरमा रगत चढाइ सकेपछि कतिपयलाई शरीरमा आइरन बढेर पुनःआइरन घटाउन औषधि दिनुपर्ने बताए। आइरन घटाउने औषधि काठमाडौँको कान्ति बाल अस्पतालमा मात्रै निःशुल्क रुपमा पाइने उनको भनाइ छ । उनले भने , “आइरन घटाउने औषधि निःशुल्क पाइने भएकाले कतिपय बिरामी काठमाडौँ न जाने गरेका छन् ।”

थालेसिमिया आणुवंशिक अर्थात् वंशाणुगत रुपमा एउटा पिँढीबाट अर्को पिँढीमा सर्ने रोग भएको बताउँदै डा थापाले भने, “आमा वा बुबा वा दुवैमा थालेसिमिया भएमा बच्चालाई हुने सम्भावना धेरै हुन्छ ।”

यो रोगका कारण शरीरमा हेमोग्लोविन (रातो रक्त कोषिका) निर्माण हुन समस्या हुने डा थापाले बताए । उनले भने, “निर्माण भएको कोशिका पनि लामो समय रहँदैन । जसले गर्दा बिरामीलाई बारम्बार रगत चढाउनुपर्ने अवस्था आउँछ ।”

थालेसिमिया खासगरी बालबालिकालाई लाग्ने गर्छ । यो रोग लागेपछि बारम्बार रगत नचढाए बालबालिकाको ज्यानै जान सक्छ । जन्मेको दुईदेखि तीन महिनामा यो रोग देखापर्ने उहाँले बताए। डा थापाले भने, “बच्चा फुस्रो हुँदै गयो, जण्डिस जस्तो देखियो भने शङ्का गरेर परीक्षण गर्नुपर्छ । परीक्षणका क्रममा रगतमा हेमोग्लोबिन कम हुन्छ ।”

दराई, थारुलगायतका जनजातिमा बढी सङ्ख्यामा यो रोग हुने गरेको देखिएको छ । चितवन र यस वरपरको अवस्था हेर्दा ७० प्रतिशत जनजाति र ३० प्रतिशत क्षेत्री बाहुनमा पनि यो रोग देखिएको उहाँले जानकारी दिए । चितवन र नवलपरासीका गरी एक सय जना थालेसिमियाका बिरामी भरतपुर अस्पतालमा दर्ता भएको डा थापाले बताए ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ९ : १८ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर