चेपाङ संरक्षण क्षेत्र घोषणा गर्ने बागमती सरकारको तयारी | Khabarhub Khabarhub

चेपाङ संरक्षण क्षेत्र घोषणा गर्ने बागमती सरकारको तयारी


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमट्टेलले सीमान्तकृत समुदाय चेपाङको सम्मान हुने व्यवस्था गणतन्त्रले ल्याएको बताएका छन् ।

राक्सिाराङ गाउँपालिकाको १५औँ हिउँदे अधिवेशनलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले अहिले जनताको पक्षमा बोल्ने र लड्ने व्यवस्था गणतन्त्रकै कारण सम्भव भएको समेत उल्लेख गरे। प्रदेश सरकारकाले चेपाङ, चिउरी र चमेरो संरक्षण कार्यक्रमको कार्यविधि पास गरेर अगाडि बढाएको भन्दै उनले माघभित्र चेपाङ संरक्षण क्षेत्र घोषणा गर्ने तयारीमा रहेको बताए ।

मुख्यमन्त्री जमकट्टेलले प्रदेशका ८५ वटा पालिकामा पकेट क्षेत्र घोषणा गरेर प्रदेश सरकार अगाडि बढेको बताउँदै चिउरी, चेपाङ र चमेरो कार्यक्रममा पालिकालाई सहकार्य गर्न आग्रह गरे । हरेक क्षेत्रमा मिलेर काम गर्न सके सपना साकार पूरा हुने बताउँदै उनले पालिकास्तरबाट योजनाबद्ध ढङ्गले काम गर्नुपर्नेमा जोड दिए ।

पछिल्लो समय जनप्रतिनिधिहरु नै निराशा पोखेर हिँडन थालेको बताउँदै उनले आशावादी भएर काम गर्न सके गणतन्त्रको रक्षा हुने धारणा राखे । अहिले नै व्यवस्था परिवर्तनको गफ गर्नुभन्दा पनि जनताका बीचमा विकास निर्माणका काम गर्नुपर्ने उनले बताए ।

विकट मानिने राक्सिराङ गाउँपालिकाका जनताको जीवनस्तर उकास्ने खालको काम गर्न पालिकासँग प्रदेश सरकार पनि हातेमालो गर्दै अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

त्यस अवसरमा नेकपा ९एमाले०का संसदीय दलका सचेतक एवं प्रतिनिधिसभा सदस्य महेश बर्तौलाले राक्सिराङ गाउँपालिकामा शिक्षा गुणस्तर वृद्धिमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए । शिक्षा क्षेत्रलाई पालिकास्तरबाट प्रोत्साहन गर्न सके शिक्षामा रुपान्तरण हुन समय नलाग्ने उनको भनाइ थियो ।

बागमती प्रदेशका प्रदेश सदस्य इन्द्र बानियाँले सडक नै विकासको मूल आधार भएको बताउँदै सबै जनप्रतिनिधि मिलेर जनताको काम गर्नुपर्नेमा जोड दिए ।

त्यस अवसरमा नेपाली कांग्रेस बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँ, बागमती प्रदेशका पूर्वभौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, संविधानसभा सदस्य गोविन्दराम चेपाङ, ओम ग्लानलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले विकट गाउँको विकासमा मुख्यमन्त्रीलगायत आफ्ना क्षेत्रका जनप्रतिनिधिले ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  १० : ४८ बजे

मुख्य तीन दलका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं– समसामयिक राजनीतिक विषयमा छलफल गर्न मुख्य तीन दलका शीर्ष

प्रि ओपन सेसन : नेप्सेमा करिब ३ अंकको गिरावट

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेपाल

अधिकांश नागरिक सरकारको कामदेखि निराश

पोखरा – गण्डकी प्रदेशका नागरिक राजनीतिक नेतृत्व, सरकारको कार्यशैली र

ओली सरकारको ११ महिनामा बढ्यो सवा दुई खर्ब ऋण

काठमाडौं– केपी शर्मा ओली नेतृत्वको सरकारले चालु आर्थिक वर्षको ११

बालकको ज्यान लिने नरभक्षी चितुवा नियन्त्रणमा लिन सकस

तनहुँ– बन्दीपुर गाउँपालिका– २ कुवादीका ६ वर्षीय बालक उत्सव गुरुङको