खेलाडीले लगाउने जुत्ताको गुणस्तरसम्बन्धी मापदण्ड पारित « Khabarhub

खेलाडीले लगाउने जुत्ताको गुणस्तरसम्बन्धी मापदण्ड पारित


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल गुणस्तर परिषद्ले खेलाडीले लगाउने जुत्ताको गुणस्तरसम्बन्धी मापदण्ड पारित गरेको छ ।

परिषद्का अध्यक्ष एवं उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको अध्यक्षतामा आज बसेको १११औँ बैठकले नेपाल गुणस्तर तथा नापतौल विभागले तयार पारेको खेलकुदमा प्रयोग हुने जुत्ताको गुणस्तर मापदण्ड पारित गरेको हो ।

विभागले विभिन्न वस्तुको गुणस्तर निर्धारण गर्ने गर्दछ । मापदण्ड पारित भएसँगै अब नेपालमा उत्पादित खेलकुदमा प्रयोग हुने जुत्ताले गुणस्तरलाई ख्याल गर्नुपर्ने नेपाल गुणस्तर तथा नापतौल विभागका प्रवक्ता ज्योति जोशी भट्टले जानकारी दिए ।

जुत्तामा प्रयोग हुने रबर, विभिन्न प्रकारका कपडाको समेत गुणस्तर पारित भएको हो । गुणस्तरअनुसारको निर्माण भएको जुत्ता विदेशमा निर्यात गर्नसमेत सहज हुने विश्वास विभागले लिएको छ । यससँगै आजै विभागले ढलरहित सरसफाइ शौचालयको समेत गुणस्तर पारित गरेको छ ।

विभागको प्राविधिक समितिले गुणस्तर पारित गर्ने उद्योग तथा वस्तुको प्राविधिक अध्ययन गरी परिषद्मा पठाउने गर्दछ । परिषद्को सदस्यसचिव विभागका महानिर्देशक हुने प्रावधान रहेको छ ।

विभागका महानिर्देशक दिीनानाथ मिश्रले विभागको प्राविधिक समितिले पारित गरेका गुणस्तरलाई मन्त्रीको अध्यक्षतामा रहेको गुणस्तर परिषद्मा पठाइने र सोही परिषद्ले अध्ययन गरेर पारित गर्ने प्रावधान रहेको बताए। जुत्ताको गुणस्तर पारित भएसँगै अब उक्त गुणस्तर प्रयोग गरी नेपालमा सञ्चालित उद्योगले जुत्ता उत्पादन गर्ने बाटो खुलेको छ ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ११ : ०७ बजे

पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

गोरखा– गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट

चौतर्फी विरोधपछि सरकारले फिर्ता लियो वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय

काठमाडौं– वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि गर्ने निर्णय

भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ– बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको

परम्परा र संस्कृति बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन

सुनको मूल्यमा उतारचढाव, दुई लाख ६० हजार नजिक

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर