सामुदायिक विद्यालय समायोजन गर्दै स्थानीय तह « Khabarhub

सामुदायिक विद्यालय समायोजन गर्दै स्थानीय तह


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरमा स्थानीय तहले विद्यालय समायोजन र व्यवस्थापनका लागि प्रक्रिया अघि बढाएका छन् । जिल्लामा नौ पालिकामा ५७ सामुदायिक विद्यालय छन् ।

भीमदत्त नगरपालिकाले विद्यालयको स्थलगत अनुगमन गरी तयार गरिने प्रतिवेदनका आधारमा व्यवस्थापन गर्ने जनाएको छ ।

भीमदत्त नगरपालिका शिक्षा शाखाका प्रमुख कलावती मिश्रले सामुदायिक विद्यालयको अनुगमन जारी रहेको बताइन् । ४० वटा विद्यालयको समग्र अवस्थाबारे स्थलगत अनुगमन भइसकेको छ’, उनले भनिन्, ‘सो क्रममा विद्यार्थीको सङ्ख्या, विद्यालयको अवस्था र विद्यालयबीचको दूरीलगायतका विषय बुझ्ने गरिएको छ ।’

उनले प्रतिवेदनपछि मात्रै विद्यालय समायोजनदेखि व्यवस्थापनका विषय अघि बढ्ने जानकारी दिइन् ।

त्यसैगरी शुक्लाफाँटा नगरपालिकाले गत वर्ष नै विद्यालय समायोजन गर्ने लक्ष्यसहित सामुदायिक विद्यालय अनुगमन गरिसकेको छ । शिक्षा शाखाका प्रमुख सुरेशप्रसाद भट्टले गत वर्ष शैक्षिकसत्र सुरु भइसकेकाले समायोजनको निर्णय हुन नसकेको बताए ।

‘यहाँ रहेका ३२ वटा सामुदायिक विद्यालयमध्ये तीनदेखि चारवटासम्म समायोजन हुने भन्ने छ’, उनले भने, ‘त्यसका लागि कार्यदलसमेत पालिकामा बनेको छ ।’ उनले यो वर्ष पालिकामा विद्यालय समायोजन भइसक्ने बताए ।

त्यसैगरी कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले सामुदायिक विद्यालयमा समायोजन गरिसकेको छ । शिक्षा शाखाका प्रमुख हरिदत्त जोशीले एउटा सामुदायिक विद्यालय समायोजन गरिएको बताए ।

‘दोधारा चाँदनीमा २३ वटा सामुदायिक विद्यालयबाट समायोजन गरेर २२ रहे’, उनले भने, ‘दरबन्दी मिलान पनि सोहीअनुसार भइसकेको छ ।’ बेल्डाँडी गाउँपालिकाले पनि समायोजन कार्य अघि बढाउन सामाजिक विकास समितिका संयोजकको संयोजकत्वमा १२ सदस्यीय कार्यदल बनाएको छ ।

‘कार्यदलले यहाँ रहेका १४ वटै विद्यालय अनुगमन गरी प्रतिवेदन बनाएर पालिकाका अध्यक्षलाई बुझाएको छ’, बेल्डाँडी गाउँपालिका शिक्षा शाखाका प्रमुख भानुभक्त जोशीले भने, ‘अध्यक्ष र कार्यपालिकाबाट निर्णय हुन बाँकी छ ।’

शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयका प्रमुख दीपक कलौनीले कञ्चनपुरमा बेदकोट र दोधारा चादँनी नगरपालिकामा एक–एक विद्यालय समायोजन भएको जानकारी दिए । कञ्चनपुरमा कुल दुई सय ५९ सामुदायिक विद्यालय सञ्चालित छन् ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ८ : ३२ बजे

नेपाल-भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारतबीचको सम्बन्धलाई नयाँ शिराबाट थप विस्तार

तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस

काठमाडौं– काठमाडौं महानगरपालिकाले शैक्षिक २०८३-८४ का लागि कक्षा ११ र

दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित

काठमाडौं – दक्षिण सुडानको पूर्वी जोङ्लेई राज्यमा जारी द्वन्द्व र असुरक्षाका कारण

संसदमा कुस्ती खेल्ने सांसदलाई मनोविदका ५ सुझाव : माइण्ड मेकअपदेखि सात्विक आचरणसम्म

काठमाडौं- लोकतान्त्रिक व्यवस्थामा संसद् केवल कानुन निर्माण गर्ने थलो मात्र

सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छ : प्रदेश प्रमुख मियाँ

गोदावरी– सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिमको समग्र विकासका लागि