भिमादमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु  « Khabarhub

भिमादमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु 


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको भिमाद नगरपालिका–५ सुनाकोटस्थित बारलथुम्कीको घुम्टीमा भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ । 

पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको यात्रुवाहक जिप आज दुर्घटना हुँदा घाइते एकको मृत्यु भएको हो ।

घाइतेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । मृतकको पहिचान खुल्न बाँकी छ ।

ग१ज ६३५६ नंको जिप घुम्ती सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो । जिपमा सवार चालकसहित १२ जनाको उद्धार गरेर जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा ल्याइएको हो । थप उपचारका लागि तीनजनालाई पोखरा पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  १२ : ४९ बजे

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको