भुटानको पीडीपीलाई सरकार बनाउने जनमत प्राप्त « Khabarhub

भुटानको पीडीपीलाई सरकार बनाउने जनमत प्राप्त


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

भुटान– सन् २०१३ देखि २०१८ सम्म प्रधानमन्त्री रहेका लिबरल पिपुल्स डेमोक्रयाटिका पार्टी (पीडीपी) ले मंगलबारको निर्वाचनमा ४७ मध्ये ३० सिटसहितको जनमत प्राप्त गरेको निर्वाचन आयोगले बुधबार जनाएको छ ।

भुटानी मतदाताले छिरिङ तोब्गेलाई दोस्रो पटक प्रधानमन्त्री बन्न आवश्यक भारी समर्थन दिएका हुन् । पछिल्लो समय गम्भीर आर्थिक चुनौतीहरूको प्रभावका कारण यस चुनावमा हिमालयन राज्यको विकासका कारण प्राप्त ‘समग्र राष्ट्रिय खुशी’ लाई प्राथमिकता दिने लामो समयदेखिको नीतिमाथि प्रश्न उठेको थियो । 

भुटान विश्वका दुई सबैभन्दा बढी जनसङ्ख्या भएका देश चीन र भारतको बीचमा रहेको छ । उनीहरूले रणनीतिक रूपमा विवादित सीमा क्षेत्रमा मतदानलाई निकै चासोका साथ हेरेका थिए । जवाफमा टोब्गेले मोदीलाई सामाजिक सञ्जालबाट नै ‘हार्दिक आभार’ प्रकट गरेका छन् ।

पिट्सबर्ग विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङ गर्नुभएका र हार्वर्डबाट सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका ५८ वर्षीय तोब्गे पूर्व सरकारी कर्मचारी रहेका छन् ।

वर्तमान राजाको शासनकाल सुरु भएलगत्तै सन् २००८ मा स्थापना भएको भुटानको पहिलो संसद्मा टोब्गे विपक्षी दलका नेता पनि थिए । 

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  २ : ३६ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो