देशका विभिन्न स्थानमा भएका आगलागीबाट ३२ लाख रुपैयाँ बराबरको क्षति « Khabarhub

देशका विभिन्न स्थानमा भएका आगलागीबाट ३२ लाख रुपैयाँ बराबरको क्षति


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  खोटाङ, कैलाली र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब ३२ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।  खोटाङको खोटेहाङ गाउँपालिका-७ पुरानागाउँ बस्ने तुलसीराम चौलागाईको मतान घरमा मंगलबार राति आगलागी हुँदा नजिकै रहेको उनको घर र २ वटा मतान घरमा समेत आगलागी भएको थियो ।

घर, मतान घर, नगद २ लाख ५० हजार रुपैयाँ लत्ताकपडा, भाडावर्तन, अन्नपात, काठपात, ४५ वटा बाख्रा समेत जलेर करिब २२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका-१३ एकता टोलस्थित जंग बहादुर चौधरीको सुदूरपश्चिम कृषि तथा पशुपंक्षी फर्ममा विद्युत् सर्ट भई मंगलबार राति आगलागी हुँदा करिब २ हजार ५ सय वटा बोईलर कुखुराको चल्ला, दाना, भुसा, चारो खुवाउने भाँडा पूर्णरूपमा
जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

त्यसैगरी, सप्तरीको सुरूङ्गा नगरपालिका-२ बाह्रबिघे बस्ने देबु सदाको घरमा मंगलबार दिउँसो आगलागी भई आगो फैलिएर सँगै रहेको कुखुरा फर्ममा समेत आगलागी हुँदा घर, घरमा रहेको सरसामान र कुखुरा फर्म समेत जलेर करिब ४ लाख ७ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको जनाएको छ ।

साथै यी घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  २ : ४५ बजे

फेवातालका जलपर्यटन व्यवसायमा प्रशासनको कडाइ

कास्की – पोखरास्थित पर्यटकको प्रमुख आकर्षक गन्तव्यका रूपमा रहेको फेवातालमा

कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका-३ बरङ्जामा सामुदायिक कुकुरले टोकेर बाख्रा

सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित

गुल्मी- “लटरम्म फलेका कफीका बोटमा सेतो गवारो लाग्यो । वर्षौंसम्म

उष्ण लहरको चेतावनीपछि दुई आणविक रियाक्टर बन्द

पेरिस- फ्रान्सको मुख्य ऊर्जा प्रदायक कम्पनीले बिहीबार दुई आणविक रियाक्टर