देशका विभिन्न स्थानमा भएका आगलागीबाट ३२ लाख रुपैयाँ बराबरको क्षति | Khabarhub Khabarhub

देशका विभिन्न स्थानमा भएका आगलागीबाट ३२ लाख रुपैयाँ बराबरको क्षति


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  खोटाङ, कैलाली र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब ३२ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।  खोटाङको खोटेहाङ गाउँपालिका-७ पुरानागाउँ बस्ने तुलसीराम चौलागाईको मतान घरमा मंगलबार राति आगलागी हुँदा नजिकै रहेको उनको घर र २ वटा मतान घरमा समेत आगलागी भएको थियो ।

घर, मतान घर, नगद २ लाख ५० हजार रुपैयाँ लत्ताकपडा, भाडावर्तन, अन्नपात, काठपात, ४५ वटा बाख्रा समेत जलेर करिब २२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका-१३ एकता टोलस्थित जंग बहादुर चौधरीको सुदूरपश्चिम कृषि तथा पशुपंक्षी फर्ममा विद्युत् सर्ट भई मंगलबार राति आगलागी हुँदा करिब २ हजार ५ सय वटा बोईलर कुखुराको चल्ला, दाना, भुसा, चारो खुवाउने भाँडा पूर्णरूपमा
जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

त्यसैगरी, सप्तरीको सुरूङ्गा नगरपालिका-२ बाह्रबिघे बस्ने देबु सदाको घरमा मंगलबार दिउँसो आगलागी भई आगो फैलिएर सँगै रहेको कुखुरा फर्ममा समेत आगलागी हुँदा घर, घरमा रहेको सरसामान र कुखुरा फर्म समेत जलेर करिब ४ लाख ७ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको जनाएको छ ।

साथै यी घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  २ : ४५ बजे

वीरगञ्ज महानगरपालिका क्षेत्रमा खानेपानी परीक्षण जारी

काठमाडौं– वीरगञ्ज महानगरपालिकामा खानेपानी परीक्षण तथा शुद्धीकरणलाई जारी राखिएको छ

खोटाङको साकेलामा श्रमदान अभियान

खोटाङ– साकेला गाउँपालिकामा जनश्रमदान अभियान जारी रहेको छ । अभियानमार्फत

तीजमा कस्तो दर कसरी खाने ?

काठमाडौँ – नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजको दर

आयुर्वेद औषधि उत्पादन केन्द्रद्वारा नौ प्रकारका औषधि उत्पादन

चितवन– आयुर्वेद औषधि उत्पादन केन्द्र रत्ननगरले चालु आर्थिक वर्षमा नौ

रौतहटको बनबहुअरीमा मानवसेवा आश्रम सञ्चालन

चन्द्रपुर– कुशेऔँसीको अवसरमा सडक आश्रित ‘बा’हरूका लागि चन्द्रपुर–७ बनबहुअरीमा मानवसेवा