सुदूरपश्चिममा विषयगत समितिका सभापति चयन « Khabarhub

सुदूरपश्चिममा विषयगत समितिका सभापति चयन


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशसभामा विषयगत समितिमा सभापति चयन भएका छन् । प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै एक वर्षपछि प्रदेशसभाका चार विषयगत समितिका सभापति निर्विरोध निर्वाचित भएका हुन् ।

प्रदेशसभाको विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा नेपाली कांग्रेसका दिवानसिंह विष्ट, सामाजिक विकास समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी) की माया पन्त, सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा (एमाले)का वीरबहादुर थापा तथा अर्थविकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी निर्वाचित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश सभामुख भीमबहादुर भण्डारीले निर्वाचित विषयगत समितिका सभापतिलाई आजै पद तथा गोपनीयताको सपथ गराएका छन् । विषेशाधिकार समितिको सभापति नेकपा (माओवादी केन्द्र)लाई दिने दलहरुबीच समझदारी भएको छ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ९ : ३५ बजे

राजस्व चुहावट गरेको भन्दै पाँच जनाविरुद्ध आरोप पत्र दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गढवा गाउँपालिका दाङका तत्कालीन अध्यक्ष

मन्त्री बज्राचार्यद्वारा पद तथा गोपनीयताको शपथ

बागमती– बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शैलेन्द्रमान बज्राचार्यले आज पद

मन्त्रालयले मुलुक केन्द्रित रणनीतिमा काम गरिरहेको छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयले मुलुक केन्द्रित रणनीतिक कार्ययोजना निर्माणका

पाकिस्तानको खैबर पख्तुनख्वामा प्रहरीचौकी नजिकै आत्मघाती बम विस्फोट, १७ जनाको मृत्यु

पेशावर– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्वात जिल्लाको कबाल प्रकरी चौकी