राष्ट्रियसभा निर्वाचन : उजुरीमाथि छानबिन गरी आज उम्मेदवारको नामावली प्रकाशन गरिँदै « Khabarhub

राष्ट्रियसभा निर्वाचन : उजुरीमाथि छानबिन गरी आज उम्मेदवारको नामावली प्रकाशन गरिँदै


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराउने उम्मेदवारहरूको आज नामावली प्रकाशन हुँदैछ ।

हिजो र अस्ति उम्मेदवारमाथि उजुरी र छानबिन गरेको निर्वाचन आयोगले आज नामावली प्रकाशन गर्न लागेको हो ।

आगामी फागुन २० गते रिक्त हुने राष्ट्रियसभाका २० सिटमध्ये १९ सिटमा माघ ११ गते निर्वाचन हुँदैछ । एकजना भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछन् ।

राष्ट्रियसभा निर्वाचनमा १९ सिटका लागि ५२ जनाले उमेदवारी मनोनयन दर्ता गराएका थिए ।  जसमध्ये हिजो र अस्ति उजुरी दिन र छानबिन गर्नका लागि समय छुटाइएको थियो ।

उक्त अवधीमा दुई उमेदवारविरुद्ध उजुरी परेको थियो ।  सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपांगता भएका व्यक्तिको समूहबाट उमेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका दलित समूहका उमेदवार विष्णु बिकविरुद्ध उजुरी परेको थियो ।

आज नामावली प्रकाशन भएपछि उमेदवारी फिर्ता लिन चाहनले भोलि फिर्ता लिन सक्नेछन् । आयोगले भोलि नै अन्तिम नामावली प्रकाशन गर्नेछ ।

आयोगले पुस २८ गते उमेदवारलाई निर्वाचन चिह्न दिनेछ । आगामी माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।

 

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  १० : १७ बजे

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को

दार्जिलिङमा गीतकार आर.बी. खड्काको ‘फर्केर हेर्दा’ भव्य रूपमा लोकार्पण

दार्जिलिङ – गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ