विपिन खत्रीको कप्तानीमा गण्डकी प्रदेको टिम घोषणा | Khabarhub Khabarhub

विपिन खत्रीको कप्तानीमा गण्डकी प्रदेको टिम घोषणा


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

कास्की – प्रधानमन्त्री कप क्रिकेटका लागि गण्डकी प्रदेशको टिम घोषणा भएको छ । गण्डकी प्रादेशिक क्रिकेट सङ्घले विपिन खत्रीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

गण्डकीले हिजो आफ्नो छनोट प्रतियोगिता सम्पन्न गरेको थियो । उक्त प्रतियोगितामा गरेको प्रदशनका आधारमा खेलाडी छनोट गरिएको हो ।
प्रधानमन्त्री कप पुस २८ देखि माघ २० गतेसम्म हुनेछ । प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान, मुलपानी क्रिकेट मैदान र भैरहवास्थित सिद्धार्थ रङ्गशालामा हुनेछन् ।

गण्डकीले पुस २८ मा भैरहवामा लुम्बिनी प्रदेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

यस्तो छ गण्डकीको टोली
विपिन खत्री(कप्तान), समिर कंडेल, ईश्वर क्षेत्री, मुस्कान थापा, रोशन गौतम, कृष ऐर, अश्विनी राना मगर, अमृत गुरुङ्ग, कमल परियार, कृष्ण पौडेल, करन पङ्गेनी, चन्द्रकान्त पौडेल, सन्दीप पराजुली ,अंकित न्यौपाने

गण्डकीको प्रशिक्षकमा रिजन प्रजु रहेका छन् ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  १२ : ५६ बजे

एकमहिने गुँला पर्व सम्पन्न

भक्तपुर – चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्ध

साफ यु–१७ च्याम्पियनसिप : नेपाल बङ्गलादेशसँ पराजित

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ महिला च्याम्पियनसिपमा

हर्सोल्लासका साथ मनाइयो ‘अटवारी’

कैलाली – कैलालीका थारू बाहुल्य गाउँ तथा बस्तीमा आज हर्सोल्लासका

उत्तरकाशी पहिरोमा बेपत्ता तीन जनाको कुशको शव बनाई अन्त्येष्टि

सुदूरपश्चिम – भारतको उत्तरकाशी क्षेत्रको धारलालगायत गाउँमा वर्षापछि गएको पहिरोमा

राष्ट्रिय वाणिज्य बैंकद्वारा घर तथा सवारी कर्जामा सुविधा घोषणा

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले आफ्ना सेवाग्राहीका लागि कर्जामा विशेष सुविधा