खेल क्षेत्रको विकासमा ऐतिहासिक प्रगति भइरहेको छ : प्रधानमन्त्री « Khabarhub

खेल क्षेत्रको विकासमा ऐतिहासिक प्रगति भइरहेको छ : प्रधानमन्त्री


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेल क्षेत्रको विकासमा ऐतिहासिक प्रगति हुँदै गएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल वादोरियो कराते डो संघद्वारा आयोजित ‘चौंथो राष्ट्रिय वादोरियो खुला कराते प्रतियोगिता २०८०’ को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएर काम गरेका कारण यस क्षेत्रको विकासमा ऐतिहासिक प्रगति हुँदै गएको बताएका हुन् ।

 प्रधानमन्त्री प्रचण्डले देशभित्र र बाहिर विभिन्न प्रतियोगितामा विजय प्राप्त गर्ने खेलाडीहरूलाई सरकारको तर्फबाट पटकपटक पुरस्कृत र सम्मानित गर्दै आएको बताए ।

आफ्नै पहलमा मूलपानी मैदान (तल्लो), मोरङको बैजनाथपुरमा निर्माणाधीन गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र चितवनको भरतपुरमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवका आयोजनामा समावेश गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

नेपाली खेलकुदको इतिहासमा छोटो अवधिमा खेल क्षेत्रमा भएको प्रगति सम्भवतः इतिहासमै पहिलो भएको उनले दावी गरे। आजको युगमा खेलकुदको बहुआयमिक महत्व भएकोमा प्रधानमन्त्रीले जोड दिँदै प्रधानमन्त्री प्रचण्डले त्यसका निम्ति सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताए । उनले विश्व राजनीति, अर्थतन्त्र, पर्यटनको विकास र अन्तर्राष्ट्रिय सम्बन्धका दृष्टिले समेत खेलकुद क्षेत्र र खेलाडीहरूले राष्ट्रिय दूत र पुलको काम गर्न सक्ने धारणा राखे ।

दुई दिनसम्म चल्ने प्रतियोगितामा पुरुष र महिलामा एकल काता सहित ६–६ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सातै प्रदेशका टिम सहभागिता रहेको छ । प्रतियोगितामा मेडलिस्ट खेलाडीहरू, पुरुष बेस्ट फाइटर, महिला बेस्ट फाईटर र टिम च्याम्पियन प्रथम, द्वितीयतृतीयलाई नगद पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।  

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  १ : २७ बजे

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।