एमालेले गठबन्धनलाई ध्वस्त पार्न खोज्यो : माधव नेपाल  « Khabarhub

एमालेले गठबन्धनलाई ध्वस्त पार्न खोज्यो : माधव नेपाल 


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमालेले गठबन्धनलाई ध्वस्त पार्ने षड्यन्त्र गरेको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन-समाजवादी)को तेश्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले आफूहरू पहिले रहेका पार्टीका नेताले गठबन्धनलाई ध्वस्त पार्न खोजेको भन्दै उनीहरूलाई षड्यन्त्रलाई सफल हुन नदिने बताए। उनले गठबन्धनका साथै पार्टीलाई बलियो बनाउँदै अघि बढ्नुपर्ने धारणा राखे । 

अध्यक्ष नेपालले आगामी निर्वाचनमा गठबन्धनमा मात्रै भर नगरी आफ्नो शक्ति निर्माण गर्नुपर्ने जिकिर गरे । अहिले प्रतिगामी तत्वहरूले व्यवस्थामाथि प्रहार गरिरहेको भन्दै उनले व्यवस्थाको पक्षमा उभिनेहरूलाई शत्रुको रुपमा हेर्न नहुने बताए । 

उनले आफ्नो पार्टीमा निराशा नभइ आशा रहेकाले मुलुकका सबै तहमा संगठनलाई बलियो बनाएर अघि बढ्न निर्देशन दिए । 

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  २ : ५३ बजे

जेन-जी आन्दोलन : बालेनले मानवअधिकार आयोगमा दिए बयान

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गत भदौ २३ र

जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दल सच्चिएर अघि बढ्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी

भजन संस्कृति प्रवर्द्धन गर्दै ललितकला क्याम्पस

काठमाडौं– ललितकला क्याम्पस, श्रीरामचन्द्र मन्दिर तथा श्रीरामचन्द्र निजी गुठीले संयुक्त