राप्रपाको जलपान (तस्विरहरु) « Khabarhub

राप्रपाको जलपान (तस्विरहरु)


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–पृथ्वीजयन्तीका अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टीले आज आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विभिन्न राजनीतिक दलका शीर्ष नेता सहभागी भएका छन् ।

भृकुटीमण्डपमा आयोजित चियापानमा सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, विभिन्न राजनीतिक दलका नेता एवं कार्यकर्ता, पूर्वप्रशासक, सुरक्षाकर्मीलगायतको सहभागिता थियो ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताले सहभागी विशिष्ट पाहुनालाई स्वागत गर्नुभएको थियो । सो अवसरमा प्रधानमन्त्री दाहालले पृथ्वीनारायण शाहको तस्वीरमा पुष्पहार अर्पण गरेका थिए । राप्रपाले प्रत्येक वर्ष राष्ट्रिय एकता दिवसका अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आएको छ ।

 

 

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ३ : ५३ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको