अष्ट्रेलियाद्वारा यमनमा हवाई आक्रमणलाई समर्थन गरेको पुष्टि « Khabarhub

अष्ट्रेलियाद्वारा यमनमा हवाई आक्रमणलाई समर्थन गरेको पुष्टि


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

क्यानबेरा– अष्ट्रेलिया सरकारले यमनमा हुथी सैन्य स्थलहरूमा हवाई आक्रमणमा आफ्नो देशको संलग्नता रहेको पुष्टि गरेको छ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री रिचर्ड मार्ल्सले शुक्रबार बिहान हुथी विद्रोहीमाथि अमेरिका र बेलायतले गरेको आक्रमणलाई अष्ट्रेलियाले समर्थन गरेको बताउनु भएको छ।

मार्लेसले पत्रकार सम्मेलनमा पत्रकारहरूलाई जानकारी गराउनु भए अनुसार हुथिहरूका विषयमा  अष्ट्रेलिया १४ देशहरूको समूहको एक हिस्सा थियो जसले हुथी विद्रोहीहरूलाई लाल सागरमा सामुद्रिक गतिविधिमा आक्रमण गरिरह्यो भने त्यसको परिणाम भोग्नुपर्नेछ भनी चेतावनी दिदै विज्ञप्ति जारी गरेको थियो । 

‘उनीहरूले सामुद्रिक र नौसैनिक सम्पत्तिहरूमा आक्रमण जारी राखेका छन्। परिणामस्वरूप  त्यसको विरुद्ध आज आक्रमण भएको छ।’ उनले भने।  यद्यपि अष्ट्रेलियाले डिसेम्बरमा ‘अन्तराष्ट्रिय ढुवानी लेनहरू सुरक्षित गर्न मद्दत गर्नू लाल सागरमा रोयल अष्ट्रेलियन नौसेना युद्धपोत पठाउन संयुक्त राज्य अमेरिकाको अनुरोधलाई अस्वीकार गरेको थियो ।

साथै सरकारले बहराइनमा रहेको ३९ राष्ट्रको कम्बाइन्ड मेरिटाइम फोर्स कमान्डमा अष्ट्रेलियाली रक्षा बलका अतिरिक्त अधिकारीहरू तैनाथ गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ४ : ४६ बजे

काठमाडौंमा वर्ल्डकप क्रेज

काठमाडौं– सात समुद्रपारि अमेरिका, क्यानडा र मेक्सिकोमा भइरहेको फुटबल विश्वकपले

११ जिल्लामा बर्ड फ्लु : ५ लाख बढी कुखुरा नष्ट

काठामाडौँ– देशका विभिन्न ११ जिल्लामा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण

तातो हावाको लहर कायमै रहने सम्भावना

काठमाडौं– देशका पश्चिमी तराई क्षेत्रमा तातो हावाको लहर (हिटवेभ) को

थलथलेमा खानेपानीको समस्या हट्यो,३३ घरमा ‘एक घर, एक धारा’ जडान

भोजपुर– यहाँको थलथले खानेपानी आयोजनामार्फत ३३ घरमा ‘एक घर, एक धारा’

अवरुद्ध बेनी–जोमसोम सडक १२ घण्टापछि खुल्यो 

म्याग्दी– सडकमा थुप्रिएको ढुङ्गा पन्छाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई