पाकिस्तानविरुद्ध न्युजिल्याण्ड ४६ रनले विजयी | Khabarhub Khabarhub

पाकिस्तानविरुद्ध न्युजिल्याण्ड ४६ रनले विजयी


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– न्युजिल्याण्डले पाकिस्तानविरुद्धको टी-२० सिरिजमा विजयी सुरुवात गरेको छ । शुक्रबार सम्पन्न सिरिजको पहिलो खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई ४६ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

न्यूजील्याण्डले दिएको २२७ रनको लक्ष्य पछाएको पाकिस्तानले १८ ओभरमा १८० रन बनाएर अलआउट भएको थियो । पाकिस्तानका लागि बाबर आजमले सर्वाधिक ५७ रन बनाए भने सैम आयुबले २७, मोहमद रिजवानले २५, इफ्तिखार अहमदले २४ रनको योगदान दिएका थिए ।

त्यस्तै न्यजिल्याण्डका बलर टिम साउथीले सर्वाधिक ४ विकेट लिए भने एडम मिल्ने र बेन सीयर्सले २-२ तथा इश सोढीले एक विकेट लिएका थिए । यस अघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली न्यूजील्याण्डले २० ओभरमा ८ विकेट गुमाउँदै २२६ रन बनाएको थियो ।

न्यूजील्याण्डका लागि डार्यल मिचेलले सर्वाधिक २७ बलमा ६१ रन बनाएका थिए भने कप्तान केन विलियम्सनले ५७ रन बनाएका थिए । त्यस्तै फिन एलनले ३४, तथा मार्क चापम्यानले २६ रनको योगदान दिएका थिए । त्यसैगरी पाकिस्तानका बलर कप्तान शाही शाह अफ्रिदीअबाब्स अफ्रिदीले ३-३ विकेट लिए भने हरिस राउफले २ विकेट लिएका थिए ।

योसँगै ५ खेलको टी-२० सिरिजमा न्युजिल्याण्डले १-० को अग्रता लिएको छ । अब सिरिजको दोस्रो खेल आइतबार हुने छ ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ४ : ४८ बजे

बर्सातले खेतमै सड्न थाल्यो धान

भोजपुर– निरन्तरको वर्षाले भोजपुरका किसानको वर्षभरको मेहनत र पसिनामा क्षति

दोस्रो नेपालगञ्ज नेशनल स्वीमिङ च्याम्पिनसीप सुरु

नेपालगञ्ज– दोस्रो नेपालगञ्ज नेशनल स्वीमिङ च्याम्पिनसीप २०२५ आजदेखि नेपालगञ्जमा सुरु भएको

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ–  केही दिनदेखि परेको वर्षाका कारण लमजुङ/मनाङ जोड्ने एकमात्र बेँसीसहर चामे

मुस्ताङको हिमपात प्रभावित क्षेत्रबाट १५ जना पर्यटकको उद्धार

काठमाडौं– म्याग्दीबाट धवलागिरि हिमाल फन्को लगाएर मुस्ताङ जाने धवलागिरि चक्रीय

निर्वाचन अगाडि महाधिवेशन गर्न तयार भएनन् कार्यवाहक सभापति खड्का, कांग्रेस बैठक नै स्थगित

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति समिति बैठक अन्तिम समयमा स्थगित