माङ्सेबुङले जित्यो मानेभञ्ज्याङ अध्यक्ष कपको उपाधि | Khabarhub Khabarhub

माङ्सेबुङले जित्यो मानेभञ्ज्याङ अध्यक्ष कपको उपाधि


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा – प्रदेशस्तरीय अन्तरपालिका स्तरीय अध्यक्ष कपको उपाधि माङ्सेबुङ गाउँपालिका इलामले जितेको छ । मानेभञ्ज्याङ गाउँपालिकाको आयोजनामा सञ्चालित अन्तरपालिकास्तरीय अध्यक्ष कप फुटबलमा माङ्सेबुङ गाउँपालिकाले आयोजक मानेभञ्ज्याङलाई २–१ गोलअन्तरले पराजित ग¥यो ।

आज भएको फाइनलमा माङ्सेबुङको जीतमा टीकाराम योङहाङ र निर्मल राईले एक–एक गोल गरे । मानेभञ्ज्याङका लागि विकास राईले एक गोल फर्काए ।

विजेता माङ्सेबुङले नगद रु पाँच लाखसहित साढे दुई तोला सुन र दुई सय तोला चाँदीद्वारा निर्मित रनिङ शिल्ड साथै मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । उपविजेता मानेभञ्ज्याङ गाउँपालिकाले नगद रु तीन लाखसहित मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगिताको सेमिफानलमा पुगेका ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका र तेह्रथुम लालीगुराँस नगरपालिकाले रु एक–एक लाखसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताए । कृषि र पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना साथै नेतृत्व विकास गर्ने उद्देश्यले प्रदेशस्तरीय स्थानीय तह अध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना गरिएको अध्यक्ष रुम्दालीले बताए ।

प्रतियोगितामा कोशी प्रदेशका ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, उदयपुर, इलाम, सुनसरी, धनकुटा, भोजपुर र तेह्रथुमका १८ वटा स्थानीय तहको सहभागिता थियो । प्रतियोगिताका उत्कृष्ट गोलरक्षक माङ्सेबुङका आयुष योङहाङ, सर्वाधिक गोलकर्ता माङ्सेबुङका एलन लिम्बू र उत्कृष्ट खेलाडीको उपाधि मानेभञ्ज्याङ गाउँपालिकाका टिम क्याप्टेन राजु राईलाई प्रदान गरिएको छ ।

यही पुस १७ गते युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू र राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रतियोगिता उद्घाटन गरेका थिए। खेलको समापन समारोहमा राष्ट्रिय गानका रचियता व्याकुल माइलालगायतका अतिथि सहभागी थिए ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ८ : ३० बजे

फुटबल खेलाडी तथा प्रशिक्षकको बिदाइ

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले उज्वेकिस्तानको कर्सी सहरमा सञ्चालन हुने

मोरङबाट च्यासललाई चुनौती दिएपछि थापागाउँमा उत्साहित देखिएकी विद्या

काठमाडौं – काठमाडौंको थापागाउँस्थित तीन तले घरको प्राङ्गण बिहीबार दिउँसो

फिल्म ‘जारी २’को सहकार्यमा १० सहरमा कन्सर्ट गर्दै झुमा लिम्बू

काठमाडौं – असोज ३ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जारी

उत्तरी गोरखामा भीरबाट खसेर दुई जनाको मृत्यु

गोरखा– उत्तरी गोरखाको एक दुर्गम गाउँमा भीरबाट खसेर दुई जनाको