माघ ११ गते मधेस बन्द गर्ने आम जनता पार्टीको घोषणा  « Khabarhub

माघ ११ गते मधेस बन्द गर्ने आम जनता पार्टीको घोषणा 


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

रौतहट – आम जनता पार्टी (आजपा) ले आउँदो ११ माघमा मधेस बन्दको घोषणा गरेको छ ।

‘बैंकले लिइरहेको मनोमानी ब्याज फिर्ता, लघुवित्त तथा सहकारीबाट लिएको कर्जा माफी तथा आम जनतालाई सहज कर्जा उपलब्ध गराउन’ माग गर्दै आजपाले ११ माघमा मधेश बन्द गर्ने घोषणा गरेको हो । 

आजपा मधेस प्रदेश कमिटी र बैंक तथा वित्तिय पीडित संघर्ष समितिले मधेस बन्दको घोषणा गरेको हो । यि विभिन्न माग गर्दै आजपाले यस अघि मधेस प्रदेशको राजधानी जनकपुरधाममा विरोध प्रदर्शन गरेको थियो । 

सरकारसंग यि माग गर्दै आजपाले यथाशीघ्र सम्बोधन गर्न आग्रह गरेको थियो । तर सरकारले आफूहरूको माग सम्बोधन गर्ने विषयलाई गम्भिर रुपमा नलिएको भन्दै आजपाले आम हडताल गर्ने अवस्थामा पुगेको हो । 

आजपा मधेस प्रदेशका इन्चार्ज सुधीर यादव र अध्यक्ष उमेश कुशवाहाले संयुक्त रुपमा आज एक विज्ञप्ति जारी गर्दै सरकारलाई दबाब दिने उद्देश्यले मधेस बन्दको घोषणा गरिएको जनाएका छन् । 

‘हामी मागहरूको सम्बोधन गर्न निरन्तर आवाज उठाई रहे पनि सरकार गम्भिर नदेखिएको सन्दर्भमा बाध्य भई संघर्षको कार्यक्रम घोषणा गर्नु परेकोछ’ आजपा मधेस प्रदेशका इन्चार्ज यादवले भने । 

आजपाले मधेस बन्द अघि १ देखी ९ माघ सम्म जिल्ला भेला तथा अन्तरक्रिया कार्यक्रम गर्ने, १० माघमा मोटरसाइकल र्याली तथा सोही दिन साझा मसाल जुलुस र ११ माघमा मधेस बन्द गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । 

यस अघि आजपाले १० माघमा मधेस बन्द सहित बिभिन्न कार्यक्रम घोषणा गरेको भए पनि त्यसलाई परिमार्जन गर्दै ११ माघमा राष्ट्रिय सभाको निर्वाचनकै दिन मधेस बन्दको कार्यक्रम सार्वजनिक गरेको छ ।

रौतहटको चन्द्रनिगाहपुरमा बसेको बैठकले आन्दोलनका कार्यक्रम परिमार्जन गर्ने निर्णय गरेको हो । यसैगरी आजपाले विरगंजमा विभिन्न राजनीति दलका प्रतिनिधि, पीडित, सरोकारवाला लगायतको सहभागितामा सर्वपक्षीय छलफल गरेको थियो ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  १ : १७ बजे

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६