आफ्नै शक्तिमा चुनाव जित्ने तयारी गरौँ : नेपाल « Khabarhub

आफ्नै शक्तिमा चुनाव जित्ने तयारी गरौँ : नेपाल


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नै शक्तिमा चुनावमा जित्ने गरि तयारी गर्नुपर्ने बताएका छन् । 

शनिबार काठमाडौंको साँखुमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यसअघि गठबन्धनको साथमा चुनाव लड्दा अपेक्षित नतिजा हासिल गर्न नसकेको भन्दै अव आफ्नै शक्तिमा चुनावमा जित्ने गरि तयारी गर्नुपर्ने बताएका हुन् । उनले भने हिजोका दिनमा गठबन्धनको शक्तिलाई लिएर चुनावमा उठेका थियौं तर हामीले अपेक्षित सफलता हासिल गर्न सकेनौँ 

उनले सिंगो मुलुकको विकासको खाका आफ्नो पार्टीले तयार गरेको भन्दै नेता कार्यकर्ताले जनतामाझ गएर त्यसलाई बुझाउन सक्नुपर्ने उल्लेख गरेका छन् । अध्यक्ष नेपालले सातैवटा प्रदेशमा पार्टीको अस्तित्व देखिएको र अव पालीकामा अस्तित्व देखिने गरि संगठन विस्तार गर्नुपर्ने धारणा राखे । त्यस्तै अध्यक्ष नेपालले अहिले गठबन्धन फुट्ने भ्रममा नलाग्न आग्रह गर्दै गठबन्धन पाँचै वर्ष चल्ने बताए ।

उनले यसअघि कम्युनिष्ट दलहरू बहुमतको नजिक पुगेपनि त्यसलाई जोगाउन नसकिएको भन्दै पुनः कम्युनिष्ट शक्तिलाई एकतावद्ध गर्नका लागि पहल भइरहेको जिकिर गरे । 

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ३ : ५० बजे

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर- युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति जनाएको

विश्वकपपछि मैदान फर्किए लियोनेल मेसी

मियामी – विश्वकप फुटबलको व्यस्ततापछि लियोनेल मेसी मैदान फर्किएका छन्

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन– संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी मुलुकहरू

‘ब्रड पिक’ हिमपहिरो नेपालको पर्वतारोहणको इतिहासको दुःखद अन्त्य : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पाकिस्तानको ‘ब्रड पिक’मा हिमपहिरोमा परी

कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन कार्यशाला गोष्ठी

कञ्चनपुर– सुदूरपश्चिम विश्वविद्यालयले विश्वविद्यालय तथा अन्तर्गतका सबै क्याम्पसहरूको प्रशासनिक क्षमता