११ वटा पार्क बनाउँदै काठमाडौं महानगर, ४० आयोजनाका लागि ९५ करोड बजेट « Khabarhub

११ वटा पार्क बनाउँदै काठमाडौं महानगर, ४० आयोजनाका लागि ९५ करोड बजेट


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसारका सबै ठूला सहरमा मनोरञ्जनका लागि विभिन्न पार्कहरु हुन्छन् । सिंगापुर, हङकङ, थाइल्याण्ड, लण्डन, फ्रान्स लगायतका सहरमा मनोमहक पार्कहरु पाइन्छन् । चाहे त्यो सरकारले निर्माण गरेको होस् या नीजि संघ संस्थाले ।

तर नेपालको सन्दर्भमा हेर्ने हो भने त्यस्ता मनमोहक पार्क भेट्न निकै मुस्किल छ । कतिपय पुराना पार्कलाई व्यवस्थित बनाउन सकिएको छैन । उपत्यकामा त खुला क्षेत्रको निकै ठूलो अभाव रहेको छ ।

काठमाडौंभित्र मनोरञ्जन स्थलको अभाव महशुस गर्दै काठमाडौं महानगरपालिकाले विभिन्न स्थानमा पार्क निर्माण गर्ने योजना ल्याएको छ ।

महानगरपालिकाले चालु आर्थिक वर्षमा ४० वटा आयोजना निर्माण गर्ने भएको छ । जसअन्तर्गत ११ वटा रमणीय पार्क, ४ वटा वडा कार्यलय, सार्वजनिक शौचालय, सत्तल, मठ मन्दिर र सम्पदा मार्ग रहेका छन् ।

४० वटा योजनाका लागि महानगरले ९५ करोड ९६ लाख बजेट विनियोजन गरेको छ ।

काठमाडौं महानगरपालिका अन्तर्गत रहेको शहरी योजना आयोगले ती आयोजनाको योजना समेत तयार पारेको हो ।

४२ वटा योजनाको तयारीका लागि १ वर्ष लागेको बताउँदै आयोगका उपाध्यक्ष सरोज बस्नेत भन्छन्, ‘आयोजनाको डिजाइन भइसकेको छ’ ।

चेस पार्क

४० वटा आयोजनाको गुरुयोजनामा ६० लाख खर्च

आयोगका अनुसार कुनै पनि योजना सुरु गर्नका लागि त्यसको गुरुयोजना (मास्टर प्लान) तयार गर्नु आवश्यक मानिन्छ । ४० वटा आयोजनाको गुरु योजनाका लागि आयोगले ३२ जना विद्यार्थी परिचालन गरेको थियो ।

आयोगकै संलग्नतामा केही समयअघि करियर क्याम्प कार्यक्रम समेत सञ्चालन गरिएको थियो । त्यसमा इच्छा र उत्प्रेरणा भएका विभिन्न स्थानका विद्यार्थीहरुहरुले सहभागिता समेत जनाएका थिए ।

हालसालै इन्जिनियर सकेका विद्यार्थीलाइ तालिम दिएर योजना बनाएको बस्नेतले खबरहबलाइ जानकारी दिए ।

‘३२ जना विद्यार्थीले ६\६ महिना गरेर दुई पटकमा मास्टर प्लान तयार पारेका थिए’ खबरहबसँग कुरा गर्दै बस्नेतले भने ‘त्यसका लागि ६० लाख खर्च भएको छ’ ।
सहरी योजना आयोगको काम योजना बनाउने मात्र रहेको बताउँदै बस्नेत भन्छन्, ‘हामी योजना बनाएर विभागमा पठाउँछौँ’ ।

त्यसो त विगतमा पनि काठमाडौं महानगरपालिकाले यस्ता थुप्रै योजना नल्याएको भने होइन । योजनालाइ कार्यन्वयनतिर डाल्न नसक्दा धेरै घोषणाहरु कागजमै मात्र सीमित पनि बनेका छन् ।

कतै यो योजना पनि कार्यन्वयनमा नआइ योजनामै सीमित हुने त होइन भन्ने प्रश्नमा बस्नेत जवाफ दिन्छन्, ‘टेन्डरमा गइरहेका छन् त्यसकारण यी योजना त्यस्ता हुदैनन्’ ।

कमल पोखरी

टेन्डरमा गइसकेको यी आयोजना

कमलपोखरी संरक्षण, थापाथलीस्थित चेस पार्क, चण्डोलस्थित सिनियर सिटिजन पार्क गरी ३ पार्कहरु टेन्डरमा गइसकेको बस्नेतले बताए ।
‘बाग्मती नगर पार्क टेन्डरको प्रक्रियामा छ’ उनले भने ‘केही महिनामै सबै आयोजना टेन्डरमा जानेछन्’ ।

कुनै पार्क छोटो समयमा सकिने र कुनै लामो समय लाग्ने भएकाले समयको निश्चित नरहेको बताउँदै उनी भन्छन्, ‘सकेसम्म चालुआर्थिक वर्षमै सक्ने हाम्रो लक्ष्य रहेको छ’ ।

कुलेश्वर वुद्ध विहार
लगन पार्क
पञ्चेधारा
टुँडालदेवी पार्क
वडा कार्यालय

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  १ : ३३ बजे

आर्सनलले ८ हजार ६० दिनपछि टार्‍यो प्रिमियर लिग उपाधिको खडेरी, गनर्समा आर्टेटा युगको सुरूवात

लन्डन- आर्सनलले अन्ततः रिसेट बटन थिचेर घडीलाई शून्यमा फर्काउन पाएको

तिलगंगा बस्ती हटाइएपछि पशुपतिमा धर्ना

काठमाडौं– तिलगंगा क्षेत्रको बस्ती हटाइएसँगै सो बस्तीमा बसोबास गर्ने बासिन्दाहरू आज

स्वास्थ्य मन्त्रालयको परिवर्तित नाम कार्यान्वयनमा ल्याउन परिपत्र 

काठमाडौं– स्वास्थ्य मन्त्रालयको परिवर्तित नाम कार्यान्वयनमा ल्याउन मन्त्रालयले मातहतका निकायलाई

संसद्‍मा कांग्रेसले भन्यो- संवेदनशील निकाय पदाधिकारी हटाएर सरकारले भ्याक्युम बनायो

काठमाडौं– नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संवेदनशील निकायका

त्रियुगाको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले गर्यो सिल

गाईघाट– उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडामा रहेको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले