काठमाडौंमा मनाइयो भुवो पर्व | Khabarhub Khabarhub

काठमाडौंमा मनाइयो भुवो पर्व


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाजुरामा मनाइने कौरब र पाण्डवको कथामा आधारित सांस्कृतिक पर्व भुवो काठमाडौंमा पनि मनाइएको छ । 

शनिबार काठमाडौंको भृकुटिमण्डपमा दमाहा बाजाका साथ युवाले हातमा ढाल तरबार समातेर भुवो पर्व मनाएका हुन् । 

खेतीपातीको काम सकेर यहाँका स्थानीय बासिन्दा फुर्सदिला भएको समयमा खेलिने यो पर्व वीरताको गातामा आधारित छ । यो पर्वलाई विशेष गरी बाजुरा, बझाङ,  अछाम र डोटी जिल्लामा विशेष पर्वका रूपमा मनाइने प्रचलन पुस्तौँदेखि अहिलेसम्म रहँदै आएको छ ।

यस वर्ष भने काठमाडौँमा बसोबास गर्दै आएकाहरू भृकुटिमण्डपमा भेला भएर ढाल, तरबार तथा लाठी खेलाएर नाचेका थिए । त्रेतायुगमा पाण्डव कौरवबीचको लडाइँ सकिएपछि पाण्डव पक्षले खुसियाली मनाइएको दिनमा यो पर्व मनाइने किम्वदन्ती रहेको बाजुराका अफिलाल जोशीले बताए ।

पुस महिनाको चतुर्दशी अर्थात् औँसीको अघिल्लो रातबाट काठको मुढो बालेर सुरु गरिने यो भुवो पर्वलाई अहिलेका युवापुस्ताले पनि दौरा सुरुवालको पोसाकमा ढाल, तरबार तथा लाठी खेलाएर नाच्ने प्रचलन छ ।  बाजुरा जिल्लाको हिमाली स्वामिकार्तिक, जगनाथ , बुढीनन्दा , बडिमालिका , गौमुल , बुढीगङ्गा , त्रिवेणी र खप्तड छेडेदह गाउँपालिकालगायतका विभिन्न ठाउँमा यो पर्वलाई विशेष रुपमा मनाइने प्रचलन छ । 

यही पर्वलाई अवसरको रूपमा पारेर कामको सिलसिला विदेश गएका आफन्तजनसमेत यो पर्व मनाउन घरमा आएर भुवो खेलेर रमाउने गरेको गरेका छन् । 

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ६ : ०६ बजे

प्रधानमन्त्रीबाट शंखधर साख्वाको प्रतिमामा माल्यार्पण

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति

एट्लेटिको माड्रिडको पोस्टमा आर्सनलको चार गोल

काठमाडौं – आर्सनलले एट्लेटिको माड्रिडमाथि सहज जित निकालेको छ। आर्सनलले

च्याम्पियन्स लिग : एर्लिङ चम्किँदा म्यानचेस्टरको सानदार जित

काठमाडौं – एर्लिङ हालान्ड चम्किँदा गएराति म्यानचेस्टर सिटीले भिल्लारियलविरुद्ध सानदार

आजदेखि नेपाल संवत् ११४६ प्रारम्भ

काठमाडौं – नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना

नेपाल संवत् नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक हो : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवत् नेपाली गौरव, सभ्यता