संसदका विभिन्न तीन समितिका बैठक बस्दै | Khabarhub Khabarhub

संसदका विभिन्न तीन समितिका बैठक बस्दै


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत आज तीन वटा समितिका बैठक बस्दैछन् । जसमा प्रतिनिधिसभाका दुई र राष्ट्रियसभाको एक समितिको बैठक बस्दैछ ।  प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ ।

आज बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न विद्यार्थी संघ/संगठनहरुसँग विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि बस्दैछ । सिंहदरबारमा बस्ने बैठकमा गुठी पीडित मोही किसानको समस्या तथा गुठी सम्बन्धी कानून लगायतका विषयमा छलफल हुनेछ ।

बैठकमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री र सचिव तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री र सचिवलाई पनि आमन्त्रण गरिएको छ ।

यसैगरी, राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक पनि बस्दैछ ।

बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा राष्ट्रिय सम्पदा अन्तर्गत राष्ट्रिय निकुञ्ज, आरक्षण र संरक्षित क्षेत्रको विद्यमान अवस्था र यसको संरक्षण सम्वर्द्धनमा सामुदायिक वन उपभोक्ता महासङ्घको भूमिका लगायतका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

 

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ६ : ३६ बजे

माधव नेपाल भन्छन् : वैज्ञानिक समाजवादलाई जनताको जीवन पद्धतिमा उतार्नुपर्छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

किशोरीमाथि करणी प्रयासको अभियोगमा दुई पक्राउ

झापा – यहाँस्थित कचनकवल गाउँपालिका–७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ

माइती र चेलीलाई ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तीजको अवसरमा दर खाने

अनमोल, आँचल र जसीता स्टारर ‘जेरी अन टप’टिजर रिलिज

काठमाडौं – असोज ३१ गतेबाट प्रदर्शनमा आउने वर्ष २०८२ को

स्थानीय तह स्वमूल्यांकन : काभ्रेमा नमोबुद्ध उत्कृष्ट

काभ्रे – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) मा जिल्लाका