खबरहबकर्मी थानेश्वर गुरागाईंले राखे आइफिल टावर अगाडि चार विश्व कीर्तिमान « Khabarhub

खबरहबकर्मी थानेश्वर गुरागाईंले राखे आइफिल टावर अगाडि चार विश्व कीर्तिमान


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खबरहबकर्मी थानेश्वर गुरागाईंले फ्रान्सको राजधानी पेरिसस्थित आइफिल टावर अगाडि चार वटा विश्व कीर्तिमान बनाएका छन् ।

यसअघि उनको नाममा रहेको तीन वटा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सलाई आफैले तोडेका हुन् भने थप अर्को नयाँ कीर्तिमान पनि बनाएका हुन् ।

कुहिनामा बास्केटल घुमाएर कीर्तिमान राख्दै थानेश्वर, १३ दशमलब ९४ सकेण्ड कुहिनामा बास्केटबल घुमाएर कीर्तिमान ।

उनले लामो समयसम्म कुहिनामा बास्केटबल घुमाएर आफ्नै कीर्तिमान तोडेका छन् । यसअघि ११ सेकेण्डसम्म कुहिनामा बास्केटल घुमाएकोमा यसपटक १३ दशमलब ९४ सकेण्डसम्म घुमाउँदै आफ्नै कीर्तिमान तोडेका हुन् ।

यस्तै, उनले एक मिनेटमा १५ पटक २८ सेन्टिमिटर परिधी भएको धातुको रिङ टाउकोबाट छिराएर खुट्टाबाट निकालेर कीर्तिमान राखेका छन् । अघिल्लो कीर्तिमानमा उनले १० पटक गरेका थिए ।

यसैगरी, लामो समयसम्म टाउकोमा बास्केटबल घुमाएर आफ्नै अघिल्लो कीर्तिमान तोडेका छन् । यसपटक २६ सेकेण्डसम्म टाउकोमा बास्केटबल घुमाएका उनले यसअगाडि भने २३ सकेण्डसम्म घुमाएका थिए ।

लामो समयसम्म टाउकोमा बास्केटबल घुमाएर आफ्नै कीर्तिमान तोड्दै थानेश्वर

यसपटक उनले अर्को एउटा नयाँ कीर्तिमान पनि बनाएका छन् । चिउँडोमा  सबैभन्दा लामो समय ४ दशमलब १८ मिनेटसम्म कुर्सी अड्याएर नयाँ कीर्तिमान राखेका हुन् ।

उनले यी चार कीर्तिमान राखेमा गिनिज बुकमा उनको कीर्तिमान संख्या २३ पुगेको छ । गुरागाईंले राखेका थप चार नयाँ कीर्तिमानलाई गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले आधिकारिक मान्यता प्रदान गर्न भने बाँकी छ ।

विश्व कीर्तिमानका लागि फ्रान्स जानु अगाडि गत साउन २ गते पेभेलियन हल दरबारमार्गमा एक कार्यक्रमकाबीच उनलाई बिदाइ गर्दै सफलताको शुभकामना दिइएको थियो ।

धातुको रिङ टाउकोबाट छिराएर खुट्टाबाट निकालेर कीर्तिमान राख्दै थानेश्वर

उक्त कार्यक्रममा नेपालका लागि फ्रेन्च राजदूत फ्रास्वाँ जेभियर लेजर, फ्रेन्च दूतावासका उपप्रमुख (डीसीएम) अर्नौड च्याम्पीले गुरागाईं र पेभेलियन मिडिया ग्रुपका अध्यक्ष नरेश श्रेष्ठले सफलताको शुभकामना दिएका थिए ।

नेपाल र फ्रान्सबीच द्विपक्षीय सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठको अवसरमा गुरागाईंले कीर्तिमान राखेका हुन् । गुरागाईं खबरहब डटकमका विशेष सम्वाददाता हुन् ।

थानेश्वर र उनको समूहमा सहभागीहरु आइफिल टावर अगाडि फोटो खिचाउँदै

यो पनि पढ्नुहोस्

आइफिल टावर अगाडि थप चार विश्व कीर्तिमान बनाउँदै खबरहबकर्मी थानेश्वर गुरागाईं

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  २ : २४ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल