इटालियन सिरी ए : मोन्जासँग इन्टर मिलानको फराकिलो जित | Khabarhub Khabarhub

इटालियन सिरी ए : मोन्जासँग इन्टर मिलानको फराकिलो जित


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा मोन्जालाई ५–१ गोलले हराउँदै मिलानले सानदार जित निकालेको हो ।

इन्टरका लागि हाकान काल्हानोग्लु र लाउटारो मार्टिनेजले दुई–दुई तथा मार्कस थुरामले एक गोल गरेका थिए । मोन्जाका मटेओ पेसिनाले एक गोल फर्काएका थिए ।

इनटरका हाकानले खेलको १२औँ र ६०औँ मिनेटमा गोल गरेका थिए भने लाउटारोले १४औँ र ८४औँ मिनेटमा गोल हानेका थिए ।

यस्तै मार्कसले ८८औँ मिनेटमा इन्टरका लागि अर्को गोल थपेका थिए । उता, मोन्जाका पेसिनाले खेलको ६९औँ मिनेटमा एक गोल फर्काएका थिए ।

यो जितसँगै इन्टर मिलान २० खेलबाट ५१ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पराजित भएको मोन्जा २५ अंकका साथ ११औँ स्थानमा छ ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ७ : १४ बजे

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित

प्रहरी वृत्त बानेश्वरमा तोडफोड तथा आगजनी गर्ने पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेन-जी आन्दोलनका क्रममा प्रहरी वृत्त नयाँबानेश्वरको भनव

गण्डकी प्रदेशसभाको बैठक २४ कात्तिकमा बस्दै

पोखरा– जेनजी आन्दोलनका क्रममा संसद् भवन आगजनीले ध्वस्त बनेपछि स्थगित

अग्नीसाईर कृष्णासवरन गाउँपालिका अध्यक्षले दिए राजीनामा

काठमाडौँ– सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले राजीनामा दिएका