हिमालयन बैंकको साधारण सभा सम्पन्न, अध्यक्षमा श्रेष्ठ « Khabarhub

हिमालयन बैंकको साधारण सभा सम्पन्न, अध्यक्षमा श्रेष्ठ


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिमालयन बैंक लिमिटेडको ३१औँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।

बैंक संचालक समितिका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले बैंक तथा यसका सहायक कम्पनीहरू सहितको एकीकृत वित्तीय विवरण पारित गरेको छ ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले आर्थिक वर्ष २०७९/०८० को प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अध्यक्ष श्रेष्ठले समीक्षा वर्षमा सिभिल बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको तथा तत्कालीन सिभिल क्यापिटल मार्केट लिमिटेडलाई पनि बैंकको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले प्राप्ति गरी एकीकृत कारोबार सुरु गरिसकेकको जानकारी गराए  ।

यसका साथै उनले सिभिल लघुवित्त वित्तीय संस्थाको नाम परिवर्तन गरी यस बैंकको सहायक कम्पनी हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार संचालन गरिरहेको जानकारी गराए ।

उनले बैंकले निकट भविष्यमा आफ्नो सेवा विस्तारलाई ध्यानमा राखी धितो पत्र सम्बन्धी कारोबार गर्न हिमालयन सेक्युरिटिज लिमिटेडको नाममा अर्को सहायक कम्पनी दर्ता गरी कारोबार सुरु गर्न नियामक निकायबाट स्वीकृति प्राप्त गर्ने प्रक्रियामा रहेको जानकारी गराए ।

उनले बैंकले आर्थिक वर्ष २०७९/०८० को अन्त्य सम्म प्राप्ति सहित २ खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँ निक्षेप संकलन र २ खर्ब ४२ अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जानकारी गराए । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः ६२.४२ र ५५.१७ प्रतिशतले बढी हो ।

उनले विश्वका आर्थिक, सामाजिक तथा भू-राजनीतिक घटनाहरूका कारण हाल बैंक तथा सम्पूर्ण बैकिङ्ग क्षेत्रले नै चुनौतीको सामना गरिरहेको रहेको बताए ।

उक्त साधारण सभाले बैंकले आफ्नो कुल शेयर पुँजीमा आवश्यक सर्वसाधारण शेयरधनी शेयर अनुपात कायम गर्नका लागि अङ्कित मूल्यमा प्रिमियम थप गरी साधारण शेयर थप सार्वजनिक निष्कासन गर्ने तथा उक्त थप सार्वजनिक निष्कासनको संख्या निर्धारण गर्ने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ ।

उक्त सभामा हिमालयन बैंकको संचालक समितिमा संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्ने ५ जना संचालक पदमा प्रचण्ड बहादुर श्रेष्ठ, फरहान तलिव, जितेन्द्र धिताल, सुनिल बहादुर थापा र प्रताप जंग पाण्डे निर्विरोध निर्वाचित भएको तथा सर्वसाधारण शेयरधनीको तर्फबाट  आशिष शर्मा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत रमेश सापकोटाले जानकारी दिए ।

त्यसैगरी बैंकको आजै बसेको संचालक समितिको बैठकले नव नियुक्त संचालक मध्ये प्रचण्ड बहादुर श्रेष्ठलाई सर्वसम्मत रूपमा आगामी ४ वर्षका लागि बैंकको अध्यक्षमा नियुक्त गरेको छ ।

नवनिर्वाचित संचालकहरुलाई बधाई दिँदै बैंकको अध्यक्ष श्रेष्ठले बैंकको सेवा तथा सुविधालाई समयानुरुप आकर्षक एवं गुणस्तरीय बनाउने तर्फ बैंक निरन्तर  प्रयासरत रहने बताएका छन् ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ५ : ०२ बजे

६६ औँ जन्मदिन मनाउँदै गर्दा बेलायती नरेश चार्ल्सका भाइ पूर्वराजकुमार एण्ड्रियू पक्राउ

काठमाडौं– बेलायतका पूर्वराजकुमर एण्ड्रियू माउन्टबट्टेन विन्जर पक्राउ परेका छन् ।

एमाले नेता तथा पूर्वमन्त्री मानन्धर कांग्रेस प्रवेश 

काठमाडौं– एमाले नेता तथा पूर्वमन्त्री रामबिर मानन्धरसहित सय बढी युवा

कांग्रेसको स्वास्थ्य नीति : अब राज्यको ढुकुटीबाट नेताको उपचार गर्न नपाइने

काठमाडौं– नेपाली कांग्रेसले राज्यको ढुकुटीबाट नेताको उपचार गर्न नपाइने नीति

बढ्दो वायु प्रदूषणप्रति स्वच्छ र स्वस्थ वातावरणका लागि सिजी इलेक्ट्रोनिक्सको प्रतिबद्धता

काठमाडौं– पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशका प्रमुख सहरहरूमा वायु

यस्तो छ नेपाली कांग्रेसको प्रतिज्ञा पत्र (पूर्णपाठ)

काठमाडौं– नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि