अमेरिकी जलवायु दूत केरी राजीनामा दिने तयारीमा « Khabarhub

अमेरिकी जलवायु दूत केरी राजीनामा दिने तयारीमा


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- अमेरिकी जलवायु दूत जोन केरीले राजीनामा दिने तयारी गरेका छन् । बाइडेन प्रशासनअन्तर्गत अमेरिकी जलवायु कूटनीतिको नेतृत्व सम्हालेका अमेरिकी जलवायु दूत केरीले आगामी वसन्त ऋतुमा आफ्नो पदबाट राजीनामा दिने तयारी गरेको केरीनिकट स्रोतलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

पूर्वविदेशमन्त्री तथा राष्ट्रपतिका लागि डेमोक्रयाटिक पार्टीका तर्फबाट उम्मेदवार बनेका ८० वर्षीय केरीले तीन वटा अन्तर्राष्ट्रिय जलवायु शिखर सम्मेलनमा अमेरिकी वार्ताको नेतृत्व गरेका थिए । एक्जिओसले केरीले राजीनामा दिने तयारी गरेको र राष्ट्रपति बाइडेनको अभियानमा सामेल हुन चाहेको सबैभन्दा पहिले जानकारी गराएको थियो । बाइडेन प्रशासनमा सामेल हुनुअघि केरीले जलवायुसम्बन्धी विषयमा लामो समयदेखि काम गरेका थिए । सन् २०१५ मा करिब २ सय राष्ट्रले स्वीकार गरेको जलवायु परिवर्तनका नकारात्मक प्रभावलाई सम्बोधन गर्ने उद्देश्यले गरिएको पेरिस सम्झौताको वार्तामा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

सन् २०१९ मा केरीले जलवायु सङ्कटसँग जुध्न विश्वका नेता र सेलिब्रेटीहरूको द्विपक्षीय पहलको लागि विशेष भूमिका खेलेका थिए । यस पहललाई जलवायु सङ्कटसँग जुध्नका लागि भएको ‘वल्र्ड वार जिरो’ भनिन्छ । केरीले दशकौंसम्म सिनेटमा जो बाइडेनसँगै काम गरेका थिए ।

उनी सन् १९८४ मा म्यासाचुसेट्सको प्रतिनिधित्व गर्न सिनेटमा पहिलो पटक निर्वाचित भएका थिए । साथै उनले गभर्नर माइकल डुकाकिसको नेतृत्वमा राज्यको लेफ्टिनेन्ट गभर्नरको रूपमा पनि सेवा गरेका थिए । सन् २००४ को आम निर्वाचनमा तत्कालिन राष्ट्रपति जर्ज डब्लु बुससँग पराजित हुनुअघि केरीले डेमाक्रयाटिक पार्टीका तर्फबाट राष्ट्रपतिपदका लागि उम्मेदवारी मनोनयन गराएका थिए ।

सन् २००९ मा बाइडेन उपराष्ट्रपति भएपछि केरीले बाइडेनले सम्हाल्दै आएको सिनेटको विदेश सम्बन्ध समितिको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । उनलाई सन् २०१२ मा बाराक ओबामाले विदेशमन्त्रीमा नियुक्त गरेका थिए । केरीले भियतनामको नौसेनामा मेकोङ डेल्टामा गनबोट अफिसरको रूपमा पनि सेवा गरेको र प्रसिद्ध अमेरिकी पुरस्कार सिल्भर स्टार, ब्रोन्ज स्टार र थ्री पर्पल हार्ट्सबाट सम्मानित भएका छन् ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ७ : २५ बजे

यज्ञराजको दाबी : एमाले ओखलढुंगामा विवाद छैन, एजेन्डाले चुनाव जित्छौँ

ओखलढुङ्गा- नेकपा एमालेले ओखलढुङ्गामा अरूलाई आक्षेप नलगाई आफ्नै एजेन्डाका आधारमा

वीरगञ्जमा मान्छे नभएका घरमा लक्षित गर्दै गरगहना चोरी

वीरगञ्ज (पर्सा)- वीरगञ्ज महानगर क्षेत्रमा मान्छे नभएको घरलाई लक्षित गर्दै

रास्वपाद्वारा बैतडी बस दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैतडीको पुर्चौंडी नगरपालिका–७ स्थित वडूगाउँ

हवल्दार नै रास्वपाको चुनावी प्रचारमा लागेपछि पुगे हिरासत

काठमाडौं- नेपाल प्रहरीका एकजना बहालवाला हवल्दार नै राष्ट्रिय स्वतन्त्र पार्टीको

कूटनीतिक दबाबपछि यूएईद्वारा सयभन्दा बढी अफगान कैदी रिहा

दुबई- संयुक्त अरब इमिरेट्स (यूएई)ले अफगानिस्तानको विदेश मन्त्रालयको विशेष निर्देशन