पुरूषभन्दा महिला झन् खतरनाक : खतिवडा « Khabarhub

पुरूषभन्दा महिला झन् खतरनाक : खतिवडा


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन्दीप लामिछानेमाथि काठमाडौं जिल्ला अदालतले सुनाएको ८ वर्ष कैद सजायलाई लिएर पछिल्लो समय सामाजिक सञ्जालमा बहस र विवाद भइरहेको छ । कसैले सन्दीपमाथि सुनाइएको सजायले पीडितलाई न्याय मिलेको बताइरहेका छन् भने कसैले सन्दीपको पक्षमा वकालत गरिरहेका छन् ।

यसैसन्दर्भमा नेपाली कांग्रेस नेतृ तथा केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले ‘पुरूष सन्दिपहरू’ भन्दा ‘महिला सन्दिपहरू’ झन खतरनाक हुने टिप्पणी गरेकी छिन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै खतिवडाले बलात्कार र प्रेमको परिभाषा महिलाले मात्रै बोकिदिनुपर्ने ? भनेर आफ्नै पार्टी नेता चन्द्र भण्डारीलाई कटाक्ष गरिन् ।

कांग्रेस नेता भण्डारीले केही दिन अगाडि फेसबुकमा बलात्कार केलाई भन्ने ? प्रेम केलाई मान्ने ? यसको फरकबारे अध्ययन गर्नुपर्ने स्टाटस लेखेका थिए ।

खतिवडा फेसबुकमा लेख्छिन् –

यो वा त्यो नाममा सीधा या घुमाउरो भाषामा बलात्कार र प्रेमको परिभाषा खोज्नेदेखि ईज्जतको भारी महिलाले मात्रै बोकिदिनुपर्छ भन्नेसम्मका सबै–सबै प्रकारान्तरले सन्दिप र सन्दिपहरू हुन् । अझ मूल कुरा त पुरूष सन्दिपहरू भन्दा महिला सन्दिपहरू झन खतरनाक हुन् ।

हो, घुम्न खुशी खुशी नै गइन् । तर बिबाह ,प्रेम या त आर्थिक प्रलोभनमा पारेर राखिने सबै किसिमका यौन सम्बन्ध बलात्कार नै हो । अनि अर्को मूल कुरा, हाम्रो देशको कानूनले बिबाहित जोडीभित्र पनि बलात्कार हुने र त्यस्तो बलात्कारको कानूनी उपचार हुनेसमेत ब्यबस्था गरेको छ । यति कुरा पनि नबुझेझैं गरी कुतर्क गर्नु एकदमै हास्यास्पद छ ।

ईज्जत भएका सबै मान्छेले पहिले आफ्नो ईज्जतको ईज्जत गर्नुपर्छ । बलात्कार मानवताबिरोधी जघन्य अपराध हो । यो कुनै सहानुभुति या समर्थन गर्ने बिषय होइन । केही स्वनामधान्य विद्धानहरूको पोष्टहरू देखेँ । तपाईहरू जो–जो हुनुहुन्छ, जत्रो ओहदामा हुनुहुन्छ, तपाईहरूसँग मलाई घृणा बाहेक केही छैन । बलात्कार र बलात्कारीको समर्थन गर्ने मनुबाहरू । कृपया आफंै बुझेर मलाई अनफ्रेण्ड गर्दिनु होला । से टु नो रेप !

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ४ : ०० बजे

म्याग्दीमा ८६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना निर्वाचन

बाँझो जमिन उपयोग गरेर तीते फापर खेती

खोटाङ– खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक

साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा बङ्गलादेश र भुटान भिड्दै

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि

तराई–मधेस द्रुतमार्ग निर्माण धमाधम (तस्बिरहरू)

काठमाडौं– तराई–मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत पुगेको

संघीयता विरोधीलाई मधेशबाट हराउनु पर्छ : सीके राउत

काठमाडौं– जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)