आज २०८० साल माघ २ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८० साल माघ २ गते मंगलबारको राशिफल


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल माघ २ गते मंगलबार तदनुसार सन् २०२४ जनवरी १६ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष : दिन राम्रो छ। मित्रसँग भेट हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। पारिवारिक सम्बन्धमा शंका रहने छ। आज वैदेशिक यात्रा नगर्नु राम्रो हुन्छ।

वृष : समय राम्रो छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो फाइदा हुन्छ। हरेक क्षेत्र सबल छन्। परिवारबाट राम्रो साथ र सहयोग रहने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन राम्रो छ। ठुला मान्छेको साथ र सहयोग रहनेछ। अचानक नयाँ कुरा सुनेर मन प्रशन्न हुनेछ। परिवारमा भने अविश्वासको खतरा देखिन्छ।

कर्कट : दैनिकी सामान्य छ। राम्रो काम गरे पनि नराम्रोको खोजी हुनेछ। इष्टमित्रसँग सहकार्य गर्दा सचेत हुनुपर्छ। परिवारको साथ रहने छ। प्रेम सम्बन्ध सफल हुनेछ।

सिंह : दिन राम्रो छ। सबै क्षेत्र सबल छन्। श्रम र लगानीको क्षेत्रमा फाइदा हुनेछ। परिवारमा झगडा हुनसक्छ। बहस गर्नुभन्दा आफ्नो तर्क प्रष्टसँग राख्नु राम्रो हुन्छ। प्रेममा खटपटी हुनेछ।

कन्या : दिन सामान्य छ। स्वास्थ्यमा समस्या हुनसक्छ। साथीले गल्ती खोजिरहेकाले साथीसँग सचेत हुनुपर्ने देखिन्छ। परिवारबाट साथ र सहयोग मिल्नेछ।

तुला : दिन राम्रो छ। हरेक क्षेत्र सबल छन्। व्यापार लेनदेन र स्वास्थ्य क्षेत्र राम्रो छ। सामाजिक क्षेत्रमा सम्मान हुनेछ। आर्थिक क्षेत्रमा फाइदा हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहेन छ।

वृश्चिक : समय सामान्य छ। अरु भन्दा पहिला बोलेर अगाडि बढ्ने योग छ। स्वास्थ्य र शिक्षामा सोचेजस्तो नतिजा प्राप्त नहुन सक्छ।
खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। परिवारमा खटपट हुने देखिन्छ।

धनु : दिन सामान्य छ। स्वास्थ्यमा समस्या हुनसक्छ। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट लाभ हुनेछ। परिवारको साथ मिल्नेछ।

मकर : समय सामान्य छ। सञ्चित धन खर्च हुने देखिन्छ। खर्च गर्दा पनि कसैलाई चित्त बुझाउन सकिँदैन। आफ्नो योजना अरुलाई नसुनाउनु राम्रो हुन्छ।

कुम्भ : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। आफ्नो योजना अरुलाई नसुनाउनु नै फाइदा हुनेछ।

मीन : दिन राम्रो छ। धन कमाउने समय हो। व्यापारमा फाइदा हुनेछ। मन खुशी हुनेछ। परिवारमा मनमुटाव हुनसक्छ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ६ : ०२ बजे

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट