केही पीडादायी कथाका कविता | Khabarhub Khabarhub

केही पीडादायी कथाका कविता


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

सत्य लुकाउन ढाक्ने गरिन्छ। जे देखाइन्छ, त्यो सत्य होइन। हो यसै सेरोफेरोमा १९ औं शताब्दीमा पाउल लाउरेन्स डरबारले ‘वि वेर द मास्क’ कविता लेखेका थिए। सो कविता साहित्यिक क्षेत्रको पीडादायक कथाको रूपमा लिइन्छ। कविता सन् १८९६ मा प्रकाशित भएको थियो। सो शताब्दी नै संसार दास प्रथाले प्रताडित थियो।

लाउरेन्सका आमा बाबु दुवै दास थिए। दासको छोरा हुनुको पीडा साँच्चै सहन कठिन हुने थियो। त्यसै सेरोफेरोमा लुकाइएको सत्यको बारे सो कविता लेखिएको थियो। धेरैले सो कथालाई लामो समयसम्म कालजयी हृदय विदारक कविताको रूपमा लिने गरेका छन्।

मानिसको चित्त दुख्नु नितान्त व्यक्तिगत कुरा हो। चित्त दुखाउन पनि बन्देज कसैले लगाउन पाउँदैन र सक्दैन पनि। यस कारण हरेक व्यक्तिको मन दुखी हुन पाउँछ र आत्म रुन पनि सक्छ। यसैको सेरोफेरोमा धेरै कविता लेखिएका छन्। ती प्राय कविता अहिले पनि धेरैले सम्झने गरेका छन्। जसले ती कवितामा आफ्नो पिडा देख्छन्, तीनले त झन् मन नपराउने कुरै भएन।

हेन्री वार्ड्सवर्थ लङफेलोले लेखेको ‘द रेनी डे’ एउटा उदास कविता हो। पुरै वर्षाको समयको अन्धकार समयको कल्पना गर्दै सो कविता लेखिएको छ। हुरी र वर्षा मानिसको जीवनको सङ्घर्ष र कठिनाइको प्रतिबिम्ब मानिन्छ। यसै गरी झरेको पात मरेका सपनाको विम्ब मानिन्छ। कविताले जीवनमा धेरै समस्या र कठिनाइ भोगेर पनि निराश र उदास हुनेको कथा लेखिएको छ। जीवनमा सङ्घर्ष आउन सक्छ, तर यसका बाबजुद बादल फाटेर घाम लागे झैँ जीवन फेरि सफल र सुखमय पनि हुनसक्छ भन्ने कुरालाई प्रस्तुत गरिएको छ।

सिल्भीया प्लाथले आफू अस्पतालको बिछ्यौनामा रहेको ‘टुलिप्स’ लेखेकी थिइन्। यसको अर्थ घण्टी फूल हो। उनी अस्पतालमा निराश भएर मर्ने चाहना राखेकी थिइन्। एउटा घण्टी फूल देखेपछि उनलाई फेरि बाच्ने चाहना जागेको हो। सन् १९६१ मा लेखिएको सो कविता उनले देह त्याग गरेको दुई वर्षपछि सन् १९६५ मा प्रकाशित भएको हो।

झ्यालमा बसी रहँदा तोता मैनाको कथा र वेदनालाई महसुस गर्दै पाउल लाउरेन्सले ‘द लेसन’ लेखेका थिए। कथामा उनले आफ्नो जीवनलाई कहिले वसन्त नआउने शिशिर यामसँग तुलना गरेका छन्।

त्यसै गरी उनको मस्तिष्क थकित र चिन्ता ग्रस्त रूपमा व्यक्त गरेका छन्। चराबाट उनले आफ्नो कलालाई अन्यको खसीका लागि प्रयोग गर्न सक्ने पाठ सिकेका हुन्।

जब मानिसले बाचाहरू पुरा गर्न छाड्छ या भनौँ आश्वासन मात्र दिन्छ त्यसले आफैँ सबै गर्नुपर्छ भन्ने शिक्षा पनि दिन्छ।

संसारमा फैलिएको भ्रष्टाचारलाई इङ्गित गर्दै अमेरिकी कवि ‘वाल्ट ह्वीटम्यानले ‘ आइ सिट एन्ड लुक आउट’ लेखेका थिए। १९ औं शताब्दीमा उनले पूर्ण रूपमा राजनीतिक तनावको सामना गरेका थिए। दास प्रथा र युद्धलाई उनले राम्रोसँग मनन गरेका थिए। खराब बाटोमा गइरहेको संसारमा उपलब्धि पाउनका लागि आफैले केही गर्नुपर्ने महसुस उनी आफैले गरेका थिए।

एड्ना सेन्ट सिन्सेन्ट मिले सन् १८९२ देखि १९५० सम्म जीवन बिताएकी कवि हुन्। उनले अलौकिक प्रेम समेटिएको ‘द बलार्ड अफ द हार्ड वेभर’ लेखेका हुन्।

यसमा त्याग उल्लेख गरिएको छ। उनका आमाले बासँग सम्बन्ध विच्छेद गरेपछि बच्चाका लागि नर्सको काम गरेकी थिइन्। गरिबिका बाबजुद उनले आफ्ना बच्चाका लागि कठिनसँग पढ्ने र सङ्गीतका सामग्रीको व्यवस्था गरेकी थिइन्। उनले सन् १९२३ मा यसै कविताका लागि पुलित्जर पुरस्कार पाएकी थिइन्। सो पुरस्कार पाउने उनी तेस्रो महिला हुन्।

जब मानिसले बाचाहरू पुरा गर्न छाड्छ या भनौँ आश्वासन मात्र दिन्छ त्यसले आफैँ सबै गर्नुपर्छ भन्ने शिक्षा पनि दिन्छ। यसै सेरोफेरोमा कोरल लेफयुले लेखेका ‘डिस एप्वाइन्टमेन्ट’ अत्यन्त लोकप्रिय र धेरैले मन पराएको कविताको रूपमा चित्रित थियो।

जब मानिसको ओरालो यात्रा सुरु हुन्छ नै कसैले पनि मतलब गर्दैन। सम्पूर्ण सामाजिक सञ्जालहरू रहेको फोन साथमा रहँदा पनि त्यसको घण्टी बज्दैन। यसै सेरोफेरोमा एमीली बीले लेखेका ‘सम टाइम आइ गट लोन्ली’ चर्चामा रहेको थियो।

व्यक्तिगत सम्बन्धमा टकराब आएपछि जीवन बिताउनै कठिन हुन्छ। यसै सेरोफेरोमा रहेर ‘फलिङ फ्रम डार्कनेस’ लेखिएको हो।

एउटा अबोध बालीका माथि भएको यौन दुर्व्यवहारको पिडामा ‘स्केल्टन’ लेखिएको हो। डेबी ग्रेनरको यस कवितामा धेरै उदास लाग्ने शब्दको चयन गरिएको छ।

‘एरेलीस्ट’ पनि स्लिभिया पाथकै कविता हो। उनका धेरै कविता जीवनको उत्तरार्द्धमा लेखिएका छन्। यो कविता पनि उनको निधन हुनु भन्दा केही अघि ३० औं जन्म दिनमा लेखिएको हो।

सानोमा नै आमाबाट त्यागिएकी एक बच्चाको मानसपटलमा केन्द्रित रहेर ‘माइ फिलिङ्स टु यु ’ लेखिएको हो। सो कवितामा क्याट्रिना एलेक्स एरुडाले मर्मस्पर्शी ढङ्गले शब्दको चयन गरेकी छन्।

दुवै जना अवकाश पाएर खसीसँग जीवन बिताउने सपना बोकेका एक पुरुषका लागि श्रीमतीको मृत्यु नै बज्रपात नै परेको छ। सोही विषयमा रहेर जोन पी रेडले ‘फरगटन ड्रिम्स’ लेखेका हुन्। सन् १९२१ मा उनका परिवारले सो परिवार प्रकाशनमा ल्याएका थिए।

व्यक्तिगत सम्बन्धमा टकराब आएपछि जीवन बिताउनै कठिन हुन्छ। यसै सेरोफेरोमा रहेर ‘फलिङ फ्रम डार्कनेस’ लेखिएको हो। सो कविता एने पावर्सले लेखेका हुन्।

साथमा दुई साथी छन्। उनीहरूको भावना बुझेर पनि नबुझे जस्तै गर्नुपर्ने बाध्यता। उनीहरूलाई उसले केही नबुझेको जस्तो लाग्छ। आफै भित्र दुःख लुकाएर आफैलाई मार्नु पर्ने बाध्यता छ। उनीहरूको सपनामा कुनै सहयोग गर्न नसकेर भारी मन लिएर बस्नु पर्दाको पिडा अचम्मकै हुन्छ। यसै विषयमा लेखिएको कविता ‘आइ विस आइ ड्रिम’ लाई फेमीली फ्रेन्ड पोयमले सन् २०१५ मा कवि इसाबेल एसको अनुमतिमा प्रकाशन गरेको हो।

कवि लाउराको जीवनका अनौठो अनुभवी छन्। जीवनमा कैयौँ गल्ती गरेको महसुस हुने लाउरालाई कुनै पनि गल्ती नगर्ने सोच पलाउँछ। तर, उनी बारम्बार गल्ती गर्न पुग्छिन्। यसै सेरोफेरोमा लेखिएको कविता ‘द गर्ल आइ इुज्ड टुबी’ अत्यन्त मार्मिक छ।

त्यसो त क्याराइन एस लेनबर्गको पनि कथा उस्तै हो। उनले आफूले भोगेको पीडाहरूलाई भावनामा व्यक्त गर्न शब्दको रूपमा कापीका पानाहरू भर्न थाल्छिन्। त्यहीपछि गएर कविता ‘द फेस इन द मिरर’ को रूपमा परिणत भएको हो। सन् २०१९ मा फेमली फ्रेन्ड पोयमले प्रकाशन गरेको हो।

दुःख सबैका हुन्छन्। दुख व्यक्त गरिएका यी कविताको सधैँ उस्तै चर्चा हुने गरेको छ। आफ्नो दुख बिर्साउनलाई यी कविता सुन्नेको कुनै कमी छैन।
स्रोतः फेमेली फ्रेन्ड पोयम

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ६ : ५८ बजे

आइएसएसआर नीति बहस : बजेट आकारदेखि युवा पलायनसम्मका समस्या मन्थन

काठमाडौं – इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसिओ–इकोनोमिक रिसर्च (आइएसएसआर) र

औषधिको अवैध कारोबार गरेको आरोपमा मेडिकल सञ्चालक पक्राउ

लुम्बिनी – बुटवलमा मेडिकल पसल राखेर चिकित्सकको सिफारिसबिना अवैधरूपमा औषधिको

गण्डकीमा बर्सेनि बढ्दै सवारी दुर्घटना

गण्डकी – कास्कीमा आव २०७७/७८ मा ६४ सडक दुर्घटना भए

दुई क्विन्टल गाँजासहित एक जना पक्राउ

विराटनगर – मोरङ प्रहरीले दुई क्विन्टल गाँजासहित एक जनालाई पक्राउ

निर्माणाधीन धरान बसपार्कको काम अन्तिम चरणमा

धरान – धरान उपमहानगरपालिका–८ मा निर्माण भइरहेको धरान स्मार्ट बसपार्कको