राष्ट्रिय भूकम्प सुरक्षा दिवस : विगतको स्मरण (तस्वीरहरु) « Khabarhub

राष्ट्रिय भूकम्प सुरक्षा दिवस : विगतको स्मरण (तस्वीरहरु)



काठमाडौँ– विक्रम संवत १९९० साल माघ २ गते विनाशकारी महाभूकम्प गएको थियो । ९० सालको भूकम्पका बारेमा हामीले हाम्रा जिजूबुवा–जिजूआमाबाट सुनेका कुराहरू पनि अहिले एकादेशको कथा जस्तै भइसकेको छ ।

९० सालको भूकम्पका बारेमा दोलखाको मैनापोखरी फेदीमा बसोबास गर्ने राजदौल खत्रीको अनुभव हामीले सँगालेर राखेका छौँ । अहिले उहाँ हुनुहुन्न । उहाँको २०७२ सालमै निधन भइसकेको छ । तर उहाँले हामीलाई सुनाउनु भएको अनुभव अझै ताजा छ । राजदौल ९० सालको भूकम्प जाँदा ९ वर्षकी हुनुहुन्थ्यो । दिउँसोको समय भूकम्प जाने बेला उहाँ बाख्रा चढाउन जंगलमा जानुभएको थियो ।

त्यसबेला जंगलका साना रुख पनि जरैसँग उखेलिएको उहाँको स्मरण थियो । घरहरू लडेर धुलोमात्र उडेको देख्दा एउटा ठूलो पिपलको बोटलाई अँगालो हालेर बसेको उहाँले अनुभव सुनाउनु भएको थियो ।

अन्य दिनको तुलनमा भूकम्प गएका दिन माघ २ गते धेरै चिसो र स्याँठ चलेको थियो । घर भत्किए पछि बारीको पाटामा बस्तुको गोठमा बसेको अनुभव पनि उहाँसँग थियो ।

यो भूकम्पका बारेमा अनुभव गरेका पुस्ता अब कमै होलान् । त्यति बेलादेखि ६०–७० वर्षको अन्तरालमा ठूला भूकम्प आउने क्रम नियम जस्तै भएको छ ।

९० साल भन्दा अगाडि पनि धेरै पटक भूकम्प गएका थिए । जसमा १२१८ साल असारमा करिब ७.७ रेक्टरस्केलको भूकम्प गएको विज्ञहरूको भनाइ छ ।  यही भूकम्पमा परी राजा अभय मल्लको निधन भएको थियो ।

यस्तै रेकर्ड गरिएकामध्ये दोस्रो ठूलो भूकम्प वि.सं. १३१६ को हो । यो भूकम्पले पनि अत्यासलाग्दो ढङ्गले क्षति पुर्‍याएको अनुमान छ । जसका कारण मुलुकमा महामारीका साथै अनिकाल परेको थियो ।

त्यसै गरी अर्को वि सं १४६५ सालमा गएको भूकम्पले रातो मच्छिन्द्रनाथको मन्दिरलगायत अन्य दर्जनौँ मन्दिर ढलेका थिए ।

त्यसपछि १७३७ साल असारमा गएको थियो । त्यसै पछि १८२४ सालमा एक दिनमा २१ पटक भूकम्पको धक्का महसुस गरिएको इतिहासविद्को भनाइ छ । त्यसपछि वि.सं. १८६७ जेठ १० र १८८० सालमा पनि भूकम्प गएको इतिहासमा पढ्न पाइन्छ ।

त्यसपछि गएको विनाशकारी भूकम्प हो ९० सालको । त्यसको ठ्याक्कै ३२ वर्ष पछि २०२३ सालमा पनि भूकम्प गएको थियो जुन भूकम्पमा ८० जनाको मृत्यु भएको थियो ।

यस्तै, २०४५ भदौ ५ गते पूर्वी नेपालको उदयपुरस्थित मुर्कुचीलाई केन्द्रबिन्दु बनाएर गएको ६.७ रेक्टर स्केलको भूकम्पमा परी करिब ७५० जना मानिसले ज्यान गुमाएका थिए भने ६ हजार ५०० भन्दा बढी घर भत्किएका थिए ।

त्यसपछि २०६८ असोज १ गते ताप्लेजुङ र भारतको सिक्किम सीमाक्षेत्रमा केन्द्रबिन्दुमा गएको भूकम्पमा १११ जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएका थिए ।

२०७२ वैशाख १२ गते भूकम्प गएको थियो । गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको यो भूकम्पमा परी ८ हजार ५ सय भन्दा बढी मानिसहरूको मृत्यु भएको थियो । यस भूकम्पमा धेरै सरकारी भवनहरूमा लगायत कम्पमा परी धरहरा, वसन्तपुर, बुङमतिमा रहेको रातो मच्छिन्द्रनाथको मन्दिर ध्वस्त भएका थिए ।

यसैगरी २०८० साल कार्तिक १७ गते शुक्रबार राति ११ः४७ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । यस भूकम्पमा पनि मानवीय क्षतिका साथै भौतिक संरचनामा पनि निकै क्षति भएको थियो ।

 

तस्वीर : रासस 

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  १० : १३ बजे

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण

धवल शमशेरलाई राप्रपामै फर्किन अध्यक्ष लिङ्देनको आग्रह

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा

वैवाहिक बलात्कार अभियोगमा न्यायाधीश गिरीलाई सफाइ

काठमाडौं । सर्वोच्च अदालतले वैवाहिक बलात्कारको अभियोगबाट जिल्ला न्यायाधीश भुवन