मंसिरमा उपनिर्वाचन गर्न निर्वाचन आयोग र दलहरु सहमत « Khabarhub

मंसिरमा उपनिर्वाचन गर्न निर्वाचन आयोग र दलहरु सहमत


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोग र राजनीतिक दलहरुबीच आगामी मंसिरमा रिक्त स्थानमा उपनिर्वाचन गर्ने सहमति भएको छ । निर्वाचन आयोगमा विहीबार भएको छलफलमा मंसिरमा उपनिर्वाचन गर्ने सहमति जुटेको हो ।

प्रदेशसभा सदस्यदेखि वडा सदस्यसम्म खाली रहेको स्थानमा उपनिर्वाचन गर्ने विषयमा निर्वाचन आयोगले विभिन्न राजनीतिक दलहरुसँग छलफल गरेको थियो ।

छलफलमा राजनीतिक दलहरुले मंसिरमा चुनाव गर्न उपयुक्त हुने सुझाव आयोगलाई दिएका थिए । दलहरुको प्रस्तावमा आयोगले मंसिरमा उपनिर्वाचन गर्न आयोग तयार रहेको जनाएको छ ।

उपनिर्वाचनका लागि तयारी भइरहेको बताउँदै मंसिरमा उपचुनाव गर्न कुनै समस्या नरहेको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले बताए । ‘मंसिरमा निर्वाचन गर्न कुनै समस्या छैन’ प्रवक्ता खरेलले भने,‘आयोगले तयारी गरिरहेको छ । सरकारसँग छलफल गरेर यो विषयमा टुंगोमा पुग्न सकिन्छ ।’

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तह गरी अहिलेसम्म ५० स्थानमा उपनिर्वाचन गराउनुपर्ने छ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ३ : ५२ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको