पूर्वराजा ज्ञानेन्द्रद्वारा शिवनगर महादेव मन्दिरमा पूजा « Khabarhub

पूर्वराजा ज्ञानेन्द्रद्वारा शिवनगर महादेव मन्दिरमा पूजा


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


897
Shares
  • change font
  • change font
  • change font

रौतहट– पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार रौतहटको मध्यभाग शिवनगरस्थित महादेव मन्दिरमा पूजाआजा गरेका छन्। निर्धारित समयभन्दा करिब एक घण्टा ढिलो पुगेका पूर्वराजा ज्ञानेन्द्र शिवनगर चौकबाट पैदल हिँडेर मन्दिरसम्म पुगेका थिए। 

सो क्रममा बाटोको दुवैतर्फ बसेका हजारौं समर्थकले फूलमालाले भव्य स्वागत गरेका थिए। पूर्वराजा ज्ञानेन्द्रले  समर्थकको हातबाट माला र पुष्प गुच्छा लिएका थिए। उनी मन्दिरमा पूजा गर्ने क्रममा हजारौं समर्थकहरूले राजाआउ देश बचाउ भनेर नारा लगाएका थिए।

उनको स्वागतमा शिवनगर चौकमा बनाइएको गेटमाथि राखिएको ब्यानर उनी आउनु एक घण्टाअघि प्रहरीले हटाएको थियो। मन्दिर छेउको ब्यानर प्रहरीको हटाउन प्रयास स्थानीयको विरोधपछि हटाएनन्।

प्रहरी स्रोतका अनुसार ब्यानरमा राजा र अवैध संविधान लेखिएकाले हटाइएको थियो। पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा झण्डै १० हजार मानिसको सहभागिता रहेको अनुमान गरिएको छ।

पूर्वराजा करिब ३० मिनेटपछि फर्किएका थिए। उनले सम्बोधन गरेनन्। उनको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको थियो। रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले सुरक्षाको नेतृत्व गरेको थियो।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ६ : १२ बजे

सशस्त्र प्रहरी बलको सक्रियतासँगै अवैध कारोबारमा कमी

रौतहट– सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउटपोष्ट (विओपी) सरमुजवा रौतहटको

डा. पोखरेलको गीति एल्बम ‘परेली’को विमोचन

काठमाडौं–  गीतकार एवं चलचित्र निर्देशक तथा निर्माता डा. सुबोधकुमार पोखरेलको

जेन-जीको आन्दोलनका क्रममा आगजनी र लुटपाट गर्ने १५ जना पक्राउ

सिन्धुली– गत भदौ २४ गते सिन्धुलीमा जेन-जीको आन्दोलनका क्रममा सरकारी

हर्कले भने- बहुमत पाएर देश चलाएँ भने कायापलट गर्छु, नत्र शरणार्थी बन्छु

काठमाडौं– श्रम संस्कृति पार्टीका सभापति एवं धरान उपमहानगरपालिकाका मेयर हर्कराज

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डको आग्रह

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्बासी