श्रीमतीको हत्या गरी फरार रहेका दवाडी २१ वर्षपछि पक्राउ « Khabarhub

श्रीमतीको हत्या गरी फरार रहेका दवाडी २१ वर्षपछि पक्राउ


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीमतीको हत्यामा अदालतले जन्मकैद सजाय तोकेका फरार अभियुक्त पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धादिङ ज्वालामुदी गाउँफालिका-१ का ७० वर्षीय सूर्यबहादुर दवाडी रहेका छन्। दवाडीलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सोमबार रूपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियाबाट पक्राउ गरेको हो।

श्रीमतीको हत्याको २१ वर्षपछि दवाडीलाई पक्राउ गरिएको ब्युरोका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए। दवाडीले अंशसम्बन्धी विषयमा झगडा हुँदा २औ५९ साल फागुन २८ गते बारीमा श्रीमती सानुमाया दवाडीलाई कुटपिट गरी नाम्लोले घाँटी कसेर रुखमा झुन्ड्याएका थिए।

उनले सानुमायाको शव धादिङ साबिक मैदी गाविसस्थित ग्याल्मा र बुढीगण्डकी दोभानमा लगेर जलाएका थिए। जिल्ला अदालतले उनलाई २०६१ साल जेठ ५ गते सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो।

उच्च अदालत पाटनले उक्त फैसला उल्ट्याएकोमा सर्वोच्च अदालतले २०६७ पुस ३ गते जिल्लाकै फैसला सदर गरेको थियो। दवाडी यसबीचमा भारतका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका थिए। नेपालमा प्रवेश गरिरहेको सूचना पाएपछि ब्युरोको टोली दवाडीको खोजीमा रूपन्देही पुगेको थियो।

दवाडीलाई जिल्ला अदालत धादिङमा बुझाइएको छ।

 

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ६ : २३ बजे

युरोपमा ‘नेपाल टेक रोडशो २०२६’ आयोजना हुँदै, नेपाली आईटी कम्पनीलाई विश्व बजारसँग जोड्ने लक्ष्य

काठमाडौं– नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास

विराटनगरमा सबैभन्दा बढी वर्षा

काठमाडौं– देशका विभिन्न भागमा स्थापना भएका  वर्षा मापन केन्द्रमध्ये सबैभन्दा

केन्द्रीय बैंक ८५ अर्बको तीन महिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ८५ अर्ब रुपैयाँ

खैरो हेरोइन र ट्रामाडोलसहित पाँच जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सिन्धुलीको कमलामाई नगरपालिका–९ भीमानबाट खैरो

सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल