पाकिस्तानले निर्वाचनका लागि हजारौँ सुरक्षाकर्मी परिचालन गर्ने « Khabarhub

पाकिस्तानले निर्वाचनका लागि हजारौँ सुरक्षाकर्मी परिचालन गर्ने


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद – विवादास्पद निर्वाचअघि बढ्दो उग्रवादसँग लडिरहेको पाकिस्तानले आगामी महिना निर्वाचनअघि आफ्ना उत्तरपश्चिमी क्षेत्रमा हजारौँ सुरक्षा बल तैनाथ गर्ने अधिकारीहरूले बताएका छन् ।

कारागारमा रहेका लोकप्रिय विपक्षी नेता इमरान खानलाई उम्मेदवार हुनबाट रोक लगाइएको र पहिलादेखि नै निर्वाचनपूर्व धाँधलीको आरोपमा ढिलाइ भएको निर्वाचनमा फेब्रुअरी ८ मा २४ करोडले मतदान गर्नेछन् ।

पाकिस्तानमा अघिल्ला निर्वाचन अभियानहरूमा हिंसाका घटनाहरू भएका छन् जसमा धेरै उम्मेदवार र मतदातालाई इस्लामी बम विस्फोट तथा बन्दुक हमलाको निशाना बनाइएको छ ।

फेब्रुअरीको पहिलो सातामा करिब पाँच हजार अर्धसैनिक फ्रन्टियर कन्स्टेबुलरी (एफसी) बल अफगानिस्तानको सीमा जोडिएको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा तैनाथ हुने कमान्डर मोअज्जम जाह अन्सारीले जानकारी दिए।

गत साता प्रान्तीय विधानसभाका लागि निर्वाचन लडिरहेका एक स्वतन्त्र उम्मेदवार र उनका दुई सहयोगीको प्रान्तमा निर्वाचन प्रचार गर्ने क्रममा कारमा गोली प्रहारबाट मृत्यु भएको प्रहरीले बताएको छ ।

“सुरक्षा स्थिति बिग्रँदै गइरहेको छ र मतदानको दिन मतदान केन्द्रहरूमा अतिरिक्त प्रहरी टिम तैनाथ गरिने छ”, एक वरिष्ठ क्षेत्रीय सरकारी अधिकारीले भने । उनका अनुसार अतिरिक्त एक हजार सात सय एफसी बल राजधानी इस्लामाबाद र चार सय दक्षिणी तथा सबैभन्दा धेरै जनसङ्ख्या भएको सहर कराँचीमा तैनाथ गरिने छ । एफसी बललाई आतङ्कवादी हमलाको चपेटामा परेका प्रहरीलाई सहयोग गर्ने जिम्मा दिइने छ ।

यसैबीच मङ्गलबार आफ्नो कार्यालयद्वारा जारी आदेशमा दक्षिणी सिन्ध प्रान्तका मुख्यमन्त्री मकबुल बकरले महिनौँदेखि विलम्ब भएको निर्वाचनका लागि उम्मेदवारहरूमाथि हमलाका धेरै रिपोर्ट प्राप्त भएको चेतावनी दिए । उक्त हमलालाई ‘अपराधको बढ्दो लहर’ भन्दै केही मानिसलाई ‘दिनदहाडै’ अपहरण गरिएको उनले बताए ।

इस्लामाबादस्थित सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिजका अनुसार गत वर्ष एक हजार पाँच सयभन्दा धेरै सर्वसाधारण, सुरक्षा बल र आतङ्कवादी मारिएका थिए । यो पछिल्लो छ वर्षमा सबैभन्दा धेरै मृत्युको आँकडा हो ।

पाकिस्तानका लागि सबैभन्दा ठूलो आतङ्कवादी खतरा तहिरक–ए–तालिबान पाकिस्तान (टिटिपी)को नामले चिनिने तालिबान आन्दोलनको घरेलु अध्याय हो । इस्लामाबादले काबुलको तालिबान सरकारमाथि टिटिपी लडाकूहरूलाई शरण दिएको र उनीहरूलाई पाकिस्तानी भूमिमा दण्डहीनताका साथ आक्रमण गर्न अनुमति दिएको आरोप लगाएको छ । काबुलले बारम्बार ती आरोपलाई अस्वीकार गर्दै आएको छ ।

गत वर्षको जनवरीमा टिटिपी खैबर पख्तुनख्वाको राजधानी पेशावर सहरको एउटा मुख्यालयमा भएको मस्जिद बम विस्फोटमा ८० भन्दा धेरै प्रहरी अधिकारी मारिएका थिए । डिसेम्बरमा टिटिपीका एक सहयोगीले सोही प्रान्तमा एउटा सैन्य अड्डामा विस्फोटक पदार्थले भरिएको सवारीमा ठोक्काएर २३ सैनिकको हत्या गरेका थिए ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ८ : २४ बजे

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान