अब अण्डाको बोक्राले जोड्ने छ टुटेफुटेको हड्डी, चकित पार्ने १० तथ्य « Khabarhub

अब अण्डाको बोक्राले जोड्ने छ टुटेफुटेको हड्डी, चकित पार्ने १० तथ्य


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मानिसहरु स्वस्थ रहन तथा भिटामिन प्राप्त गर्न अण्डा खाने गर्छन् । यसक्रममा अण्डाको बोक्रा भने त्यतिकै फालिन्छ । अण्डाको बोक्रा कुनै काममा प्रयोग गर्न पनि सकिँदैन । तर अब भने त्यसो नहुने भएको छ ।

अण्डाको बोक्रा भाचिएको तथा फुटेका हड्डीहरु जोड्न प्रयोगमा आउने भएको छ । अहिले प्रयोगमा रहेको प्लास्टरको ठाउँमा अण्डाको बोक्राले भाचिएका तथा फुटेका हड्डी जोड्ने एक अध्ययनले देखाएको छ । अध्ययनले देखाएका तथ्यहरु यस्ता छन् ।

१. अण्डाको बाहिरी बोक्रा क्याल्सियमबाट बनेको हुन्छ । यसै कारण यसले बोन सेल्सलाई विकसित गर्नमा सहयोग गर्नेछ ।

२. अध्ययनअनुसार बोन सेल्सबाटै टिसु बन्दछ । जसका कारण टुटे, फुटेको हड्डी चाँडै जोडिने छ । यसको परीक्षण मुसामाथि गरिएको थियो ।

३. यस प्रविधिको प्रयोगबाट बोन ग्राफ्टिङ्ग सर्जरीलाई थप सहयोग पुग्ने शोधकर्ताहरुको विश्वास छ । यसबाट टुटे, फुटेको तथा भाचिएको हड्डी जोड्नका लागि प्लास्टरको सहयोग लिनु पर्ने छैन ।

४. अण्डाको बोक्रालाई मसिनो गरी पिसेर एक हाइड्रोजेल मिक्सचरमा राखिएको थियो । यसबाट एक फ्रेम बनाइएको थियो । यही फ्रेमले बोन सेल्सलाई विकसित गर्ने र हड्डीलाई जोड्ने काम गर्नेछ ।

५. अण्डाको बोक्रामा कोलाइजन, ग्लूकोस्यामाइन, काड्रोइटिन, हाइल्यूरोनिक एसिड तथा क्याल्सियम जस्ता पोषक तत्व पाइन्छ । यसको प्रयोगबाट सबै किसिमको हड्डीसम्बन्धी रोगको उपचार हुन सक्ने देखिएको छ ।

६. अण्डाको बोक्रामा ओमेगा थ्री फ्याटी एसिड पनि हुन्छ । यसैले ५ मिली ग्रामको मात्रामा यसको सेवनले हड्डीको खोक्रोपनको समस्याबाट बचाउन सक्ने अध्ययनले देखाएको छ ।

७. हड्डी बढ्ने तथा बाङ्गिने समस्या भएका मानिसहरुले अण्डाको बोक्राको प्रयोग गरेमा लाभदायी हुनेछ ।

८. अण्डाको बोक्रालाई मसिनो गरी पिस्ने र सोया पाउडरसँग मिलाएर सेवन गर्ने हो भने कमजोरीपन हट्ने छ । शरीरमा ताकत मिल्ने छ भने हड्डी पनि बलियो हुनेछ ।

९. हड्डीलाई लचिलो बनाइ राख्न पनि अण्डाको बोक्राको प्रयोग फाइदाजनक हुनेछ । यसले नयाँ सेल्स विकासमा सहयोग गर्नेछ ।

१०. अण्डाको बोक्रालाई पिसेर घाउमा लगाएमा चाँडै घाउँ पुरिने अर्थात निको हुनेछ । यसमा रहेको पोषक तत्वले छालालाई चम्किलो बनाउन पनि सहयोग गर्नेछ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ४ : १९ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा