हेङशुई ताल क्षेत्रमा जाडो छल्न ५० हजार चराको आगमन « Khabarhub

हेङशुई ताल क्षेत्रमा जाडो छल्न ५० हजार चराको आगमन


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ खानाको अभाव टार्न र हिउँदे चीसो छल्न उत्तरी चीनको हेबेई प्रान्तको हेङशुई ताल क्षेत्रमा ६० भन्दा बढी प्रजातिका ५० हजारभन्दा बढी आप्रवासी चरा आएका छन् । यसले स्थानीय पारिस्थितिकीय वातावरणमा सुधार आएको संकेत गरेको छ । 

‘हेङशुई लेक नेसनल नेचर रिजर्भ’का कर्मचारी झाङ युगुआङले भने, ‘ मुख्यतया यहाँको पानीको गुणस्तर, विशाल पानीको क्षेत्र र पर्याप्त खाद्य स्रोतहरूको कारण हालैका वर्षहरूमा हेङशुई तालमा हिउँद बिताउन आउने दुर्लभ चराहरूको सङ्ख्या बढ्दै गएको छ ।’ 

‘यी चरामध्ये १० हजारभन्दा बढी जल हाँस हेङशुई तालमा भेटिएका छन् । जाडो यामपछि उनीहरू दक्षिणतिर बसाइँ सर्नेछन्,’ झाङले भने । 

उत्तरी चीनको समतल भूमिमा रहेको सबैभन्दा ठूलो ताल, वरपरको सिमसार, चउर र जंगलले घेरिएको हेबेईको हेङगशुई शहर नजिकै रहेको उक्त ताल चीनको राष्ट्रिय प्रकृति संरक्षण केन्द्र हो ।

यो पूर्वी एसियाली तथा अष्ट्रेलियाली आकाश मार्गबाट आउने प्रवासी चराहरूको लागि यात्रामा विश्राम लिने, प्रशस्त आहारा पाइने र जाडो बिताउने ठाउँ पनि हो । संरक्षण केन्द्रका अधिकारीले यहाँ यो वर्षको हिउँदमा हालसम्म ३३४ प्रजातिका चराको अवलोकन तथा अभिलेखीकरण गरिएको जनाएका छन् ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  २ : ५२ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित